Nidan Media

शनिदेवको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ जेठ १६ गते शनिबार, इस्वीसंवत मे ३० तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा ११ः३४ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा विशाखा दिनमा १ः२३ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव अहोरात्र रहनेछ। करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ।

सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३४ घटि १४ पला अर्थात १३ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः११ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ६ः१४ बजे र अस्ताउने समय राति ३ः५७ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज चन्द्रमा तुला राशिमा रहेकाले तपाईंको दिन उत्साहपूर्ण रहनेछ । व्यापारमा राम्रो आम्दानी हुनेछ भने पढाइमा प्रगति देखिनेछ । परिवारबाट सहयोग मिल्ने भएकाले नयाँ योजना अघि बढाउन सहज हुनेछ । सन्तानको सफलताले मन खुसी रहनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुन सक्छ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ । आकस्मिक धन लाभको सम्भावना देखिएकाले खर्चमा पनि ध्यान दिनुहोला । मन पराएको व्यक्तिबाट राम्रो समाचार प्राप्त हुने योग रहेको छ ।

वृषः आज स्वास्थ्य राम्रो रहनेछ । परिवारसँगको सम्बन्ध अझ नजिक हुने देखिन्छ । यात्राको अवसर मिल्न सक्छ भने स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ र प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । काम समयमा सम्पन्न हुँदा मन प्रसन्न रहनेछ । साथीभाइको सहयोगले रोकिएका योजना अघि बढ्नेछन् । अदालत वा कागजी काममा सफलता मिल्ने सम्भावना छ । खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सावधानी अपनाउनुहोला ।

मिथुनः आज दिन कमजोर रहनेछ । प्रेम सम्बन्धमा सानो विवाद आउन सक्छ । काममा ढिलासुस्ती हुँदा तनाव बढ्ने सम्भावना छ । व्यापारमा लगानी गरे पनि सोचेअनुसार लाभ मिल्न कठिन हुनेछ । परिवारका सदस्यसँग व्यवहार गर्दा संयम अपनाउनुहोला । राजनीति तथा सामाजिक क्षेत्रमा मेहनत बढी र उपलब्धि कम देखिन्छ । पढाइमा ध्यान दिए राम्रो नतिजा प्राप्त गर्न सकिनेछ । खर्च बढ्ने भएकाले आर्थिक योजना सही अघि बढ्नु हुनेछ ।

कर्कटः आज चन्द्रमा तुला राशिमा रहेकाले स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ । आर्थिक पक्ष अपेक्षाअनुसार बलियो नदेखिएकाले खर्च नियन्त्रण गर्नुपर्ला । विदेशसँग सम्बन्धित काममा ढिलाइ हुन सक्छ । अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका व्यक्तिलाई भने लाभ मिल्ने सम्भावना छ । प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने भएकाले कुराकानीमा सावधानी अपनाउनुहोला । यात्रामा सतर्क रहनु आवश्यक देखिन्छ । परिवारको सहयोगले केही अप्ठ्यारो काम सहज बन्नेछ । आराम र खानपानमा ध्यान दिनुहोला ।

सिंहः आज चन्द्रमा तुला राशिमा रहेकाले दिन निकै राम्रो रहनेछ । काममा सफलता मिल्नेछ भने व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ । रोजगारीको अवसर आउन सक्छ । समाजसेवा तथा नेतृत्व क्षेत्रमा सम्मान बढ्ने सम्भावना देखिन्छ । परिवारका सदस्य तपाईंको व्यवहारबाट खुसी रहनेछन् । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ । आर्थिक अवस्था मजबुत बन्दै जानेछ । साथीभाइसँगको सहकार्यबाट योजना सफल बन्न सक्छ । आत्मविश्वास बढ्ने भएकाले चुनौतीपूर्ण काम पनि सजिलै पूरा हुनेछन् ।

कन्याः आजको दिन चुनौतीपूर्ण देखिन्छ । आफन्तसँग मनमुटाव हुन सक्छ । व्यापारमा ध्यान कम पुग्दा घाटा लाग्ने सम्भावना छ । प्रेम सम्बन्धमा विश्वास कमजोर बन्न सक्छ । दाम्पत्य जीवनमा विवाद आउन सक्छ । काम गर्दा समय र परिस्थितिको ख्याल गर्नुहोला । अनावश्यक बहसबाट टाढा रहनु राम्रो हुनेछ । साँझपछि धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ । मन शान्त राखेर निर्णय लिन सके समस्या कम हुँदै जानेछ ।

तुलाः आज चन्द्रमा आफ्नै राशिमा रहेकाले दिन शुभ रहनेछ । कृषि, पशुपालन तथा व्यापारबाट लाभ प्राप्त हुनेछ । बैंकिङ तथा शिक्षासँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ । परिवारको सहयोगले योजना अघि बढाउन सहज हुनेछ । प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ भने दाम्पत्य जीवन सुखद रहनेछ । आर्थिक अवस्था मजबुत बन्ने देखिन्छ । लामो समयदेखि रोकिएका काम पूरा हुन सक्छन् । मनोकामना पूरा हुँदा मन उत्साहित रहनेछ र आत्मविश्वास बढ्नेछ ।

वृश्चिकः आजको दिन कमजोर रहनेछ । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ । काममा ढिलाइ हुँदा तनाव बढ्ने सम्भावना छ । विरोधी पक्ष सक्रिय हुने भएकाले सावधानी अपनाउनुहोला । अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ । सीप सिक्ने अवसर प्राप्त हुन सक्छ । व्यापारमा लाभ नदेखिए पनि भविष्यका लागि आधार तयार हुनेछ । परिवारका सदस्यसँग धैर्यपूर्वक व्यवहार गर्दा सम्बन्ध सुधार हुने देखिन्छ । खर्च नियन्त्रण गर्नु हुनेछ ।

धनुः आज चन्द्रमा तुला राशिमा रहेकाले स्वास्थ्यमा समस्या आउन सक्छ । सवारी चलाउँदा तथा हिँडडुल गर्दा सावधानी अपनाउनुहोला । अरूका काममा धेरै चासो दिँदा विवादमा पर्न सकिनेछ । अवसर आए पनि सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ । कामको जिम्मेवारी बढ्दा तनाव महसुस हुनेछ । आवेशमा निर्णय गर्दा हानि हुन सक्छ । आर्थिक कारोबार गर्दा कागजी प्रक्रिया हेर्नुहोला । गोपनीय कुरा अरूलाई विश्वास गरेर नदिनु हुनेछ । परिवारको साथले राहत मिल्नेछ ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । दिन रमाइलो र उत्साहपूर्ण बित्ने देखिन्छ । रोकिएका काम पूरा हुँदा मन प्रसन्न रहनेछ । आर्थिक लाभ प्राप्त हुने सम्भावना बलियो रहेको छ । नयाँ वस्तु तथा भौतिक सुखसुविधा प्राप्त हुन सक्छ । अध्ययनमा रुचि बढ्नेछ भने यात्राको अवसर मिल्न सक्छ । दाम्पत्य जीवन सुखद रहनेछ । साथीभाइसँगको भेटघाटले मन हल्का हुनेछ । भविष्यका योजनामा परिवारको साथ प्राप्त हुनेछ ।

कुम्भः आज दिन कमजोर रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले आराममा ध्यान दिनुहोला । अवसर खोज्न मेहनत गर्नुपर्न सक्छ । छिमेकीसँग सामान्य विवाद बढ्न सक्ने देखिन्छ । आर्थिक पक्ष सन्तुलनमा राख्न अनावश्यक खर्च घटाउनु हुनेछ । आवश्यक पर्दा ऋण वा सहयोगमार्फत काम चलाउनुपर्ने अवस्था आउन सक्छ । यात्रा गर्दा सावधानी अपनाउनुहोला । परिवारका सदस्यको सुझाव मानेर अघि बढे राहत मिल्नेछ । धैर्य राख्नु आवश्यक देखिन्छ ।

मीनः आज दिन मध्यम रहनेछ । मेहनत गर्दा पनि अपेक्षाअनुसार परिणाम नआउँदा मन खिन्न हुन सक्छ । व्यापारमा घाटा लाग्ने सम्भावना देखिन्छ । कामको सिलसिलामा गरिएको यात्रा फलदायी नहुन सक्छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । आत्मविश्वास कमजोर हुँदा अवसर गुम्न सक्छ । परिवारको साथ पाए मनोबल बढ्नेछ । खर्च नियन्त्रण गरेर अघि बढे आर्थिक समस्या कम हुँदै जानेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक हुनेछ ।

साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१० बजेदेखि ६ः५३ बजेसम्म काल बेला
बिहान ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म शुभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म रोग बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४३ बजेसम्म चर बेला
दिनमा १ः४३ बजेदेखि ३ः२५ बजेसम्म लाभ बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०८ बजेसम्म अमृत बेला
दिनमा ५ः०८ बजेदेखि ६ः५० बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः५० बजेदेखि ८ः०८ बजेसम्म शुभ बेला
साँझ ८ः०८ बजेदेखि ९ः२५ बजेसम्म रोग बेला
राति ९ः२५ बजेदेखि १०ः४३ बजेसम्म उद्धेग बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म चर बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म लाभ बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म अमृत बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म काल बेला
रातिमा ३ः५२ बजेदेखि ०५ः१० बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.