Nidan Media

राजनीतिक अस्थिरताको अन्त्यसँगै अर्थतन्त्र सुधारउन्मुख : अर्थमन्त्री वाग्ले

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र सुधारको दिशामा अघि बढिरहेको बताएका छन् ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले राजनीतिक अस्थिरताको अवस्था अन्त्य भएसँगै आर्थिक क्षेत्रका अधिकांश सूचक सकारात्मक बन्दै गएको दाबी गरे ।

उनका अनुसार वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको छ भने विदेशी विनिमय सञ्चिति पनि बलियो अवस्थामा पुगेको छ ।

स्वच्छ ऊर्जा र प्रविधिको क्षेत्रमा नेपालसँग उल्लेखनीय सम्भावना रहेको उल्लेख गर्दै उनले मुलुक अहिले व्यापक आर्थिक सुधारको महत्वपूर्ण चरणमा रहेको बताए ।

‘राजनीतिक अस्थिरताको चक्र अन्त्य भएको छ । समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सुधार हुँदै गएका छन्,’ उनले भने ।

उनका अनुसार विदेशी विनिमय सञ्चिति सुदृढ छ, वित्तीय प्रणालीमा पर्याप्त तरलता छ र स्वच्छ ऊर्जा तथा प्रविधिमा नेपालसँग विशाल सम्भावना छ ।

सरकार आर्थिक सुधार, लगानी प्रवर्द्धन तथा उत्पादनमूलक क्षेत्रको विस्तारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.