Nidan Media

श्रीगणेशको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ जेठ १२ गते मंगलबार, इस्वीसंवत मे २६ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको दशमी तिथि बिहानमा ९ः२२ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा उत्तराफाल्गुनी बिहानमा ७ः१८ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ३ घटि २८ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा वणिज रहनेछ । आनन्दादि योगमा धाता रहनेछ।

सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि ०६ पला अर्थात १३ घण्टा ४२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१२ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः५१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने दिनमा २ः३२ बजे र अस्ताउने समय राति १ः२० बजे रहेको छ । गंगादशहरा व्रत, गोसाइकुण्ड स्नान समाप्तिको दिन रहेको छ।

आजको राशिफल

मेषः आज तपाईंको सोचाइमा नयाँपन आउनेछ। सिंह राशिको चन्द्रमाको प्रभावले सिर्जनात्मक क्षमता बढ्ने भएकाले नयाँ योजना बनाउने प्रेरणा मिल्नेछ। पढाइ, अनुसन्धान वा ज्ञान बढाउने काममा प्रगति हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो नतिजा आउने सम्भावना छ। साथीभाइ र परिवारको साथले मन उत्साहित बन्नेछ। सन्तान वा कनिष्ठ व्यक्तिबाट सहयोग प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा खुलेर कुरा गर्दा गलतफहमी हट्नेछ। अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। आर्थिक पक्ष सन्तुलित रहने देखिन्छ।

वृषः आज आर्थिक दृष्टिले लाभदायक दिन रहनेछ। व्यापार वा लगानीसम्बन्धी काममा सकारात्मक संकेत देखिन्छ। वरिष्ठ व्यक्तिहरूले तपाईंको कामको प्रशंसा गर्न सक्छन्। घरपरिवारबाट सुखद समाचार सुन्न पाइने सम्भावना छ। घरजग्गा वा सम्पत्तिसम्बन्धी निर्णय लिन अनुकूल समय देखिन्छ। व्यवसाय विस्तारका लागि केही खर्च बढ्न सक्छ। परिवारलाई समय दिन नसक्दा सामान्य गुनासो आउन सक्छ। नयाँ व्यक्तिसँग व्यवहार गर्दा सतर्क रहनु राम्रो हुनेछ। धैर्यपूर्वक निर्णय गरेमा भविष्यमा राम्रो लाभ मिल्नेछ।

मिथुनः आज पुराना साथीहरूसँग भेटघाट हुने सम्भावना छ। चन्द्रमा सिंह राशिमा  रहँदा सहकार्य र सामूहिक काममा राम्रो सफलता मिल्नेछ। अध्ययन, करियर र भविष्यको योजनाबारे गम्भीर छलफल हुन सक्छ। सामाजिक काममा सहभागी हुँदा प्रतिष्ठा बढ्नेछ। नयाँ सीप वा प्रविधि सिक्ने अवसर प्राप्त हुनेछ। कलात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। वरिष्ठ व्यक्तिबाट प्रोत्साहन मिल्ने देखिन्छ। व्यक्तिगत र व्यावसायिक जीवनमा सन्तुलन राख्न आवश्यक हुनेछ। यात्राको योजना बन्न सक्छ।

कर्कटः आज मनमा नयाँ आशा पलाउने दिन हो। नयाँ व्यक्तिसँगको चिनजानले जीवनमा खुसी थप्न सक्छ। आम्दानीका अवसरहरू विस्तार हुने संकेत देखिन्छ। व्यापार वा पेशामा लाभ मिल्ने सम्भावना राम्रो छ। तर जोखिमपूर्ण कामबाट टाढा रहनु उचित हुनेछ। बोलीमा नरमपन राख्दा सम्बन्ध राम्रो बन्नेछ। काममा गरेको वाचा पूरा गर्न ध्यान दिनुपर्छ। प्रेम सम्बन्धमा विश्वास बढ्ने दिन हो। परिवारबाट भावनात्मक साथ प्राप्त हुनेछ।

सिंहः आज तपाईंको व्यक्तित्व आकर्षक देखिनेछ। आफन्त र साथीभाइसँगको भेटले मन आनन्दित बन्नेछ। जीवनसाथी वा प्रिय व्यक्तिसँग रमाइलो समय बित्नेछ। काममा देखाएको मेहनतले राम्रो परिणाम दिनेछ। आत्मविश्वास बढ्ने भएकाले कठिन काम पनि सजिलै सम्पन्न गर्न सक्नुहुनेछ। समाजमा तपाईंको चर्चा र प्रशंसा बढ्ने संकेत छ। विरोध गर्नेहरू पनि तपाईंको क्षमता स्वीकार गर्न बाध्य हुनेछन्। स्वास्थ्यमा स्फूर्ति रहनेछ। नयाँ अवसर हात लाग्न सक्छ। आज सकारात्मक सोचले सबै काम सहज रूपमा अघि बढ्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

कन्याः आज दिनचर्यामा परिवर्तन गर्ने इच्छा जाग्न सक्छ। नयाँ काम वा नयाँ तरिका अपनाउने सोच आउनेछ। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिन आवश्यक छ। साझेदारीको कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। साथीभाइसँग पैसाको विषयमा विवाद हुनसक्छ। जिम्मेवारी बढ्ने भए पनि त्यसबाट अनुभव प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। मनमा केही तनाव भए पनि धैर्य राखे समाधान भेटिनेछ। आज कुनै पनि निर्णय सोचविचार गरेर लिनु उचित हुनेछ। संयमित व्यवहारले लाभ दिलाउनेछ।

तुलाः आज सरकारी तथा प्रशासनिक काम अघि बढाउन राम्रो अवसर मिल्नेछ। चन्द्रमा सिंह राशिमा रहँदा रोकिएका काम फेरि सुरु हुने सम्भावना छ। साथीभाइ र सहकर्मीको साथ सहयोग राम्रो रहनेछ। पुरानो लगानीबाट लाभ प्राप्त हुन सक्छ। खर्च बढे पनि आर्थिक स्थिति नियन्त्रणमै रहनेछ। परिवारको उन्नतिका लागि नयाँ योजना बन्ने संकेत छ। समाजमा प्रतिष्ठा बढाउन थप मेहनत गर्नुपर्नेछ। नयाँ सम्बन्धबाट फाइदा हुन सक्छ। काममा निरन्तरता राखेमा सफलता मिल्ने देखिएको छ।

बृश्चिकः आज नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुनेछ। समाज वा कार्यक्षेत्रमा सम्मान बढ्ने संकेत छ। राजनीति, सामाजिक सेवा वा व्यवस्थापन क्षेत्रमा राम्रो प्रगति हुनेछ। मेहनतको उचित मूल्यांकन हुने दिन हो। प्रतिस्पर्धीहरू तपाईंको क्षमताबाट प्रभावित बन्न सक्छन्। आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्दा सफलता मिल्नेछ। पार्टनरसँगको सम्बन्ध अझ प्रगाढ बन्ने सम्भावना छ। नयाँ जिम्मेवारी आउन सक्छ। आत्मविश्वास र साहसले काममा ऊर्जा थप्नेछ। आजको दिन उपलब्धिपूर्ण रहनेछ।

धनुः आज चुनौतीबीच पनि राम्रो नतिजा निकाल्न सफल हुनुहुनेछ। कामको प्रशंसा र सम्मान प्राप्त हुन सक्छ। परिवार र अभिभावकसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा धैर्य राखेर कुरा गर्नु राम्रो हुनेछ। रिस नियन्त्रण गर्न सके सम्बन्धमा मिठास बढ्नेछ। नयाँ यात्रा वा भ्रमणको योजना बन्न सक्छ। धार्मिक वा आध्यात्मिक काममा रुचि बढ्न सक्छ। अध्ययन र अनुसन्धानमा पनि प्रगति हुनेछ। मनमा आत्मविश्वास कायम रहनेछ। दिन सकारात्मक रूपमा बित्ने देखिन्छ।

मकरः आज स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने देखिन्छ। थकान वा कमजोरी महसुस हुन सक्छ। कामको चाप बढे पनि आरामका लागि समय निकाल्नु आवश्यक हुनेछ। व्यवसायमा सामान्य लाभ मिल्ने संकेत छ। नयाँ जानकारी र अनुभव प्राप्त गर्ने अवसर आउन सक्छ। हतारमा निर्णय गर्दा समस्या निम्तिन सक्छ। विश्वासपात्र व्यक्तिसँग सल्लाह गर्दा मन हल्का हुनेछ। परिवारसँग समय बिताउँदा खुसी मिल्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ। संयमित व्यवहारले दिन सहज बनाउने देखिएको छ।

कुम्भः आज कला र मनोरञ्जनसँग सम्बन्धित काममा सफलता मिल्नेछ। अभिनय, संगीत, नृत्य वा सिर्जनात्मक क्षेत्रमा राम्रो अवसर प्राप्त हुन सक्छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र दाम्पत्य जीवनमा खुसी बढ्नेछ। नयाँ योजना बनाउन प्रेरणा मिल्ने दिन हो। मनोरञ्जनमा धेरै समय खर्च नगर्नु राम्रो हुनेछ। मिहिनेत र अनुशासन अपनाएमा काममा राम्रो उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभको सम्भावना पनि देखिन्छ। सकारात्मक सोचले दिन अझ सुखद् बन्ने देखिएको छ।

मीनः आज कामको जिम्मेवारी बढ्ने भएकाले व्यस्तता रहनेछ। सहकर्मी वा सेवाग्राहीसँग विवाद हुनसक्ने सम्भावना देखिन्छ, त्यसैले संयमित व्यवहार आवश्यक छ। प्रतिस्पर्धीहरू सक्रिय रहने भएकाले सतर्कता अपनाउनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सामान्य तनाव आए पनि संवादले समाधान निकाल्नेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ। व्यवसायिक अवस्था स्थिर रहनेछ। परिवारको साथ र समर्थनले मनोबल बढाउनेछ। धैर्य र सकारात्मक सोचले दिन सहज रूपमा बित्नेछ।

साइत (यात्रा)ः सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१० बजेदेखि ६ः५३ बजेसम्म चर बेला
बिहान ६ः५३ बजेदेखि ८ः३५ बजेसम्म लाभ बेला
बिहान ८ः३५ बजेदेखि १०ः१८ बजेसम्म अमृत बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म काल बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४३ बजेसम्म शुभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः२५ बजेसम्म रोग बेला
दिनमा ३ः२५ बजेदेखि ५ः०८ बजेसम्म उद्धेग बेला
दिनमा ५ः०८ बजेदेखि ६ः५० बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः५० बजेदेखि ८ः०८ बजेसम्म लाभ बेला
साँझ ८ः०८ बजेदेखि ९ः२५ बजेसम्म अमृत बेला
राति ९ः२५ बजेदेखि १०ः४३ बजेसम्म काल बेला
राति १०ः४३ बजेदेखि १२ः०० बजेसम्म शुभ बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म रोग बेला
राति १ः१८ बजेदेखि २ः३५ बजेसम्म उद्धेग बेला
रातिमा २ः३५ बजेदेखि ३ः५२ बजेसम्म चर बेला
रातिमा ३ः५२ बजेदेखि ०५ः१० बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.