काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणवलाल सिंहलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीपछि फरार रहेका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका–१३ छाउनी क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।




