Nidan Media

आदर्श मार्ग टोल विकास संस्थाको अध्यक्षमा पराजुली चयन

पोखरा । पोखरा-४ स्थित आदर्श मार्ग टोल विकास संस्थाको अध्यक्षमा रमाकुमारी पराजुली चयन भएकी छन्।

संस्थाको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशनले पराजुलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा विनोद प्रसाद डंगोल, सचिवमा जनकराज सुवेदी, कोषाध्यक्षमा मधुसुधन पराजुली छन्।

साथै कार्यसमिति सदस्यमा इन्द्रलाल श्रेष्ठ (राजु), हरिप्रसाद बास्तोला, लक्ष्मी घिमिरे, शोभा शर्मा र शत्रुधन गुप्ता छन्।

यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले टोल विकास संस्थाहरूले स्थानीय विकास र सामाजिक एकतामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

उनले टोल स्तरबाट हुने सहकार्यले विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै समुदायको सक्रिय सहभागिता बिना दिगो विकास सम्भव नहुने बताए ।

पराजुलीले जेष्ठ नागरिकहरूको सम्मान समाजको संस्कार र जिम्मेवारी भएको बताउँदै उनीहरूको अनुभवलाई नयाँ पुस्ताले मार्गदर्शनका रूपमा लिनुपर्नेमा जोड दिए ।

उनले टोल विकास संस्थाले सामाजिक सद्भाव, सरसफाइ, सचेतना तथा स्थानीय समस्या समाधानमा अझ सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिए।

पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्मचार्यले स्थानीय तह र टोल विकास संस्थाबीच समन्वय मजबुत भए मात्र विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने बताए।

संस्थाका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक जनकराज सुवेदीले स्वागत र सचिव रमाकुमारी पराजुलीले सञ्चालन गरेकी थिइन्।

चिप्लेढुंगा-सिद्धार्थचोक व्यवसायी समितिका कोषाध्यक्ष प्रमोद लिगल सहभागी कार्यक्रममा १०२ वर्षीया शुभद्रा सुवेदी, ९३ वर्षीया टीपकुमारी पराजुली, ८७ वर्षीया भुवनकुमारी पराजुली, ८८ वर्षीया पुशादेवी पराजुली, ८७ वर्षीय छविलाल ढकाल र ८३ वर्षीया टुल्की पराजुलीलाई सम्मान गरिएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.