काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको भाउ सामान्य घट्दा चाँँदीको बढेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा सय रुपैयाँ घट्दा चाँदीको ६५ रुपैयाँ बढेको छ।
मूल्य घटेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँ रहेको थियो।
यता, बिहीबार प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार बढेर पाँच हजार एक सय १५ रुपैयाँ काम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।




