सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ जेठ ४ गते सोमबार, इस्वीसंवत मे १८ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठशुक्लपक्षको द्धितीया तिथि रातिमा ९ः१७ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा रोहिणी दिनमा २ः३७ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सुकर्म ५० घटि ४० पलासम्म त्यसपछि धृति योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।
सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४७ पला अर्थात १३ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१५ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ६ः०५ बजे र अस्ताउने समय साँझ ८ः४२ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज चन्द्रमा वृष राशिमा रहँदा मनमा अस्थिरता र निराशाका भावना बढ्न सक्छन् । सानोतिनो कुराले पनि चित्त दुख्ने अवस्था देखिएकाले धैर्य राख्नु आवश्यक छ । पानी, नदी वा पोखरी आसपास जाँदा विशेष सावधानी अपनाउनुहोला । आफन्त वा साथीभाइबाट अप्रिय समाचार सुन्नुपर्दा मानसिक तनाव बढ्नेछ । विवाद, झगडा र अनावश्यक बहसबाट टाढा रहनु नै बुद्धिमानी हुनेछ । यात्रामा पनि सावधानी हुन आवश्यक छ । स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले आराम र खानपानमा ध्यान दिनुहोला ।
वृषः आज समय अत्यन्त शुभ रहनेछ । आफ्नै राशिको चन्द्रमाको सकारात्मक प्रभावले आत्मविश्वास बढ्नेछ। स्वास्थ्य पनि सन्तुलित रहनेछ । परिवारबाट राम्रो सहयोग पाइनेछ । घरमा खुशियाली वातावरण बन्नेछ । नयाँ वस्तु खरिद गर्ने, स्वादिष्ट परिकार खाने तथा आफन्तसँग रमाइलो भेटघाट हुने योग रहको छ । रोकिएका काम सहज रूपमा सम्पन्न हुनेछ । व्यापार र पेशामा उल्लेख्य प्रगति हुनेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने भएकाले दिन उत्साहपूर्ण रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
मिथुनः आजको दिन केही चुनौतीपूर्ण रहनेछ । चित्त दुख्ने समाचार सुन्नुपर्नेछ। जसले गर्दा मन भारी हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ । आज शरीर दुख्ने, चोटपटक लाग्ने वा थकान बढ्नेछ । आम्दानीभन्दा खर्च बढ्दा तनाव पनि बढ्नेछ, आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनुहोला । कसैसँग विवाद वा कानूनी झमेलामा नपर्नुहोला । टाढाको यात्रा स्थगित गर्दा फाइदा हुनेछ । धैर्य र संयम अपनाइएमा कठिन परिस्थिति सहज रूपमा पार गर्न सकिने देखिन्छ ।
कर्कटः आज समय शुभ छ । स्वास्थ्यमा सुधार आउनेछ भने मन प्रशन्न रहनेछ । तपाईंले सोचेका काम आत्मविश्वासका साथ पूरा गर्न सक्नुहुनेछ । धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुँदा मानसम्मान प्राप्त हुने ग्रहयोग रहेको छ । कृषि, पशुपालनसम्बन्धी काम शुरु गर्नका लागि आजको दिन राम्रो रहेको छ । जग्गा–जमिन सम्बन्धी कारोबारबाट महत्वपूर्ण लाभ मिल्ने छ । परिवारको साथ र सहयोगले तपाईंको मन थप उत्साहित बन्नेछ । आज दिनभर सकारात्मक ऊर्जा कायम रहनेछ ।
सिंहः आज समय मध्यम खालको रहनेछ । मेहनत गरेअनुसार परिणाम नआउँदा मन खिन्न हुनेछ । काममा ढिलासुस्ती वा अवरोध हुन सक्नेछ । आम्दानीभन्दा खर्च बढ्ने भएकाले आर्थिक पक्षमा सचेत रहन आवश्यक छ । आफन्त, परिवार र साथीभाइसँग मनमुटाव हुन सक्नेछ। नयाँ योजना शुरु गर्नुभन्दा पुराना कामलाई व्यवस्थित गर्नु निकै राम्रो हुनेछ । स्वास्थ्यमा सामान्य थकान र तनाव बढ्ने ग्रहयोग रहेको छ । आज धैर्यताका साथ काम गरेमा दिन सहज रूपमा बित्ने देखिएको छ ।
कन्याः आज समय केही प्रतिकूल रहनेछ । आफन्त वा नजिकका व्यक्तिसँग विवाद बढ्न सक्ने देखिएको छ। बोलीमा संयमता अपनाउन आवश्यक छ। तपाईंको मन चञ्चल हुँदा निर्णय क्षमता कमजोर बन्नेछ । आज आर्थिक हानी वा अनावश्यक खर्चको सम्भावना देखिन्छ । काममा विघ्नबाधा आउँदा तनाव बढ्नेछ । कम्मर तथा शरीर दुख्ने समस्याले सताउनेछ । यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। अपरिचित व्यक्तिमाथि धेरै विश्वास नगर्दा राम्रो हुनेछ । धैर्य र सतर्कताले समस्या कम गर्न मद्दत गर्नेछ ।
तुलाः आज स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सानोतिनो कमजोरी वा थकानले दैनिक काम प्रभावित हुने देखिन्छ । आर्थिक कारोबार गर्दा सतर्क रहनु आवश्यक छ। पानी तथा सवारीसाधनसँग सम्बन्धित जोखिमबाट जोगिनुहोला । आज केही काम सफल भए पनि केही अधुरा रहनेछन् । परिवार र साथीभाइसँग अनावश्यक विवाद नगर्नु राम्रो हुनेछ । खानपानमा गडबडी हुन सक्ने भएकाले ध्यान दिन आवश्यक छ । संयममता र सावधानीले आजको दिन सहज बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
वृश्चिकः आज समय शुभ रहनेछ । स्वास्थ्य पनि राम्रो रहनेछ भने आत्मविश्वास बढ्नेछ । रोकिएका काम सबै पूरा हुनेछन् । नयाँ योजना बनाउने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ भने परिवारबाट राम्रो सहयोग मिल्नेछ । व्यापारमा लाभको संकेत देखिन्छ। विशेषगरी हार्डवेयर वा प्राविधिक क्षेत्रबाट राम्रो सफलता पाउने ग्रहयोेग रहेको छ । सामाजिक एवं धार्मिक क्षेत्रमा सक्रियता बढ्दा सम्मान प्राप्त हुनेछ । दिन उत्साह, उपलब्धि र सकारात्मक ऊर्जाले भरिपूर्ण रहने देखिएको छ ।
धनुः आज समय लाभदायक रहनेछ । सोचेभन्दा बढीे धन लाभ हुने योग देखिन्छ । जमीन, उद्योग वा व्यवसायसम्बन्धी काममा राम्रो सफलता मिल्नेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिले विशेष उपलब्धि हासिल गर्न सक्नेछन् । खुसी दिलाउने समाचार प्राप्त हुँदा मन प्रशन्न रहनेछ । साथीभाइ तथा आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आज नयाँ योजना शुरुआत गर्नका लागि दिन अनुकूल रहेको छ । सामाजिक कार्यक्रममा सहभागी हुँदा प्रतिष्ठा बढ्नेछ । आज अवसरको सदुपयोग गर्दा दिन फलदायी बन्नेछ ।
मकरः आज समय केही चुनौतीपूर्ण रहने देखिन्छ । बोलीमा नरमपन र व्यवहारमा धैर्यता अपनाउनु अत्यन्त आवश्यक हुनेछ । कार्यक्षेत्रमा सहकर्मी वा कर्मचारीसँग सामान्य विवाद हुन सक्ने संकेत छ । व्यापार तथा व्यवसायमा अपेक्षाअनुसार लाभ नदेखिन सक्छ । परिवारका सदस्यको स्वास्थ्यमा खर्च बढ्न सक्ने सम्भावना छ । यात्रामा तनाव वा असहज परिस्थिति आउन सक्छ । कुनै पनि निर्णय हतारमा नगर्नु राम्रो हुनेछ । संयमता र सतर्कताले दिनलाई सहज बनाउन मद्दत गर्नेछ ।
कुम्भः आज समय खराब रहनेछ । अनावश्यक तनाव र खर्चले मन अशान्त बन्नेछ । आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ । नयाँ व्यवसायमा लगानी र महत्वपूर्ण निर्णय आजका लागि स्थगित गर्नु राम्रो हुनेछ । आज टाढाको यात्रा सकभर नगर्दा राम्रो हुनेछ। सरकारी काममा निकै झमेला हुनेछ भने कसैसँग रुखो वचन नबोल्नुहोला । घरमा धनमाल चोरी हुन सक्ने देखिन्छ। आज आफ्नै सन्तानबाट पनि केही तनाव हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
मीनः आज समय शुभ रहेको छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछ । पेशा तथा व्यवसायमा राम्रो लाभ मिल्नेछ । पारिवारिक वातावरण सुखद् रहनेछ भने यात्राबाट पनि लाभ मिल्ने योग रहेको छ । आत्मविश्वास बढ्ने भएकाले कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिनेछ । सन्तानको प्रगतिले तपाईंको मन हर्षित रहनेछ । मातापिताको सहयोगबाट ठूलो आर्थिक समस्या समाधान हुनेछ । नयाँ पेशाको शुरुआत गर्ने तथा नयाँ जागिरको अवसर प्राप्त हुने देखिएको छ।
साइत (यात्रा): सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः१४ बजेदेखि ६ः५५ बजेसम्म अमृत बेला
बिहान ६ः५५ बजेदेखि ८ः३७ बजेसम्म काल बेला
बिहान ८ः३७ बजेदेखि १०ः१८ बजेसम्म शुभ बेला
बिहान १०ः१८ बजेदेखि १२ः०० बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४१ बजेसम्म उद्धेग बेला
दिनमा १ः४१ बजेदेखि ३ः२३ बजेसम्म चर बेला
दिनमा ३ः२३ बजेदेखि ५ः०४ बजेसम्म लाभ बेला
दिनमा ५ः०४ बजेदेखि ६ः४६ बजेसम्म अमृत बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४६ बजेदेखि ८ः०४ बजेसम्म काल बेला
साँझ ८ः०४ बजेदेखि ९ः२३ बजेसम्म शुभ बेला
राति ९ः२३ बजेदेखि १०ः४१ बजेसम्म रोग बेला
राति १०ः४१ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः१८ बजेसम्म चर बेला
राति १ः१८ बजेदेखि २ः३६ बजेसम्म लाभ बेला
रातिमा २ः३६ बजेदेखि ३ः५५ बजेसम्म अमृत बेला
रातिमा ३ः५५ बजेदेखि ०५ः१३ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




