Nidan Media

श्रीबिष्णुको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख ३१ गते बिहीबार, इस्वीसंवत मे १४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको द्धादशी तिथि बिहानमा ८ः०० बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ। नक्षत्रमा रेवति रातिमा ८ः१६ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति २६ घटि १४ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३६ पला अर्थात १३ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः१८ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४४ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा ३ः०२ बजे र अस्ताउने समय भोलि बिहान ४ः०७ बजे रहेको छ । आज प्रदोष व्रत गर्ने दिन रहेकोछ।

आजको राशिफल

मेषः आजको दिन अत्यन्त ऊर्जावान दिन रहनेछ। रोकिएका पुराना कामहरूले गति लिनेछन् र तपाईंको कार्यक्षमतामा वृद्धि हुनेछ। नयाँ योजनाहरू बनाउनका लागि यो समय निकै उपयुक्त छ, जसले भविष्यमा राम्रो प्रतिफल दिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिन्छ। अचानक धन प्राप्तिको योग छ, जसले तपाईंको बैंक मौज्दातमा सुधार ल्याउनेछ। सेयर बजार वा अन्य अल्पकालीन लगानीबाट पनि लाभ मिल्ने सम्भावना छ।

वृषः आजको दिन अत्यन्तै भाग्यशाली रहनेछ। तपाईंको नम्रता र सहयोगी स्वभावले गर्दा अरूको मन जित्न सकिनेछ। धार्मिक वा आध्यात्मिक यात्राको अवसर मिल्न सक्छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुग्नेछ। उपहार वा चिट्ठा आदिबाट धन लाभ हुने न्यून सम्भावना भए पनि नियमित आम्दानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहेनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति वा स्थान परिवर्तनको योग छ।

मिथुनः आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। आत्मविश्वासमा केही कमी आएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने भएकाले धैर्यताको खाँचो छ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै बेस हुनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोला। ठूलो लगानी गर्दा जोखिम हुन सक्छ, त्यसैले विज्ञको सल्लाह लिनुहोला। अनावश्यक खर्चहरूलाई कम गर्ने प्रयास गर्नुहोला । हाकिम वा माथिल्लो कर्मचारीसँग सम्बन्धमा केही चिसोपन आउन सक्छ। आफ्नो काममा मात्र केन्द्रित रहनुहोला र कार्यालयको राजनीतिबाट टाढा रहनुहोला।

कर्कटः आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। काममा ढिलासुस्ती हुनाले मनमा निराशा आउन सक्छ। धैर्यतापूर्वक काम गर्नुहोला र अरूको कुरामा धेरै नअल्झिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले सतर्क रहनुहोला। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिन्छ। ऋण लिने वा दिने काममा जोखिम हुन सक्छ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने हुन सक्छ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूका लागि भने केही लाभ हुन सक्छ।

सिंहः आजको दिन बौद्धिक क्रियाकलापमा बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ तर खर्चको बाटो पनि खुला रहनेछ। व्यापारमा विशेष गरी सञ्चार र प्रविधिसँग सम्बन्धित क्षेत्रमा राम्रो प्रगति हुनेछ। लगानी गर्दा कागजपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। जटिल समस्याहरूलाई समाधान गर्ने तपाईंको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका मिल्न सक्छ।

कन्याः आजको दिनमा योजनाबद्ध तरिकाले काम गर्दा सफलता प्राप्त हुनेछ। तपाईंभित्र लुकेको प्रतिभा बाहिर आउनेछ र नयाँ अवसरहरूले पछ्याउनेछन्। आम्दानीका स्रोतहरू बढ्नेछन्। सेयर बजार वा प्राविधिक क्षेत्रमा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। रोकिएको धन फिर्ता आउनाले आर्थिक स्थिति सुदृढ हुनेछ। कार्यालयमा तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी पाइने सम्भावना छ। व्यापारमा नयाँ रणनीति अपनाउनाले लाभ मिल्नेछ। विद्यार्थीहरूका लागि आजको दिन परीक्षा वा प्रतिस्पर्धामा सफल हुने योग रहेको छ।

तुलाः आजको दिन कर्म प्रधान रहनेछ। मिहिनेत अनुसारको फल प्राप्त हुनेछ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसायमा विस्तार हुने योग छ। लगानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। सरकारी क्षेत्रबाट पाउनुपर्ने रकम वा लाभ मिल्न सक्छ। आर्थिक योजनाहरूलाई गोप्य राख्नु हितकर हुनेछ। कार्यक्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्।

वृश्चिकः आजको दिनमा न्याय र समानताको भावना बढ्नेछ। घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न सफल हुनुहुनेछ। केही नयाँ समाचारले हर्षित तुल्याउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि वा सवारी साधनको कारोबारबाट लाभ मिल्न सक्छ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। सहकर्मीहरूको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढोका खुल्न सक्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ।

धनुः आज सामाजिक क्षेत्रबाट मान–सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ बाटो खोल्न सक्छ। तपाईंका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछ। आम्दानीका नयाँ मार्गहरू प्रशस्त हुनेछन्। पहिले गरिएको लगानीबाट लाभ हुने समय आएको छ। घरमा भौतिक वस्तुको किनमेल हुन सक्छ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा वा राजनीतिमा आबद्ध व्यक्तिहरूका लागि पद र प्रतिष्ठा मिल्ने योग छ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ।

मकरः आजको दिन सुखद र फलदायी रहनेछ। भौतिक सुखसुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन् र स्पष्ट मार्गचित्रका साथ अगाडि बढ्न सजिलो हुनेछ। सामाजिक मान–सम्मानमा वृद्धि हुने योग छ। व्यापार व्यवसायमा सोचेभन्दा बढी मुनाफा आर्जन हुनेछ। घरजग्गा वा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन प्रक्रिया अगाडि बढाउन शुभ छ। लामो समयदेखि फसेको रकम उठ्ने सम्भावना छ। रचनात्मक काममा रुचि बढ्नेछ।

कुम्भः आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्नेछ। मनमा शान्तिको अनुभव हुनेछ। तीर्थयात्रा वा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर मिल्न सक्छ। आर्थिक स्थिति स्थिर रहनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट धन आगमन हुन सक्छ। कसैलाई ऋण दिँदा विचार पु¥याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। एकल निर्णय भन्दा सामुहिक कार्यलाई प्राथमिकता दिनुहोला।

मीनः आजको दिन मिश्रित रहनेछ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्छ। निर्णय लिँदा हतार नगर्नुहोला र अरूको कुरा सुन्दा आफ्नै विवेक प्रयोग गर्नु राम्रो हुनेछ। खर्चको मात्रामा केही वृद्धि हुन सक्छ। विलासिताका सामानमा धन खर्च हुने योग छ, त्यसैले बजेट बनाएर चल्नुपर्ने देखिन्छ। बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पु¥याउन सहयोग गर्नेछ। परिवारमा सानातिना कुरालाई लिएर विवाद हुन सक्नेछ।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२० बजेदेखि ७ः०० बजेसम्म शुभ बेला
बिहान ७ः०० बजेदेखि ८ः४० बजेसम्म रोग बेला
बिहान ८ः४० बजेदेखि १०ः२० बजेसम्म उद्धेग बेला
बिहान १०ः२० बजेदेखि १२ः०० बजेसम्म चर बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४० बजेसम्म लाभ बेला
दिनमा १ः४० बजेदेखि ३ः२० बजेसम्म अमृत बेला
दिनमा ३ः२० बजेदेखि ५ः०० बजेसम्म काल बेला
दिनमा ५ः०० बजेदेखि ६ः४० बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः४० बजेदेखि ८ः०० बजेसम्म रोग बेला
साँझ ८ः०० बजेदेखि ९ः२० बजेसम्म उद्धेग बेला
राति ९ः२० बजेदेखि १०ः४० बजेसम्म चर बेला
राति १०ः४० बजेदेखि १२ः०० बजेसम्म लाभ बेला
राति १२ः०० बजेदेखि १ः१९ बजेसम्म अमृत बेला
राति १ः१९ बजेदेखि २ः३९ बजेसम्म काल बेला
रातिमा २ः३९ बजेदेखि ३ः५९ बजेसम्म शुभ बेला
रातिमा ३ः५९ बजेदेखि ०५ः१९ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.