काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ घट्दा चाँदीको बढेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा सात सय रुपैयाँ घट्दा चाँदीको १५ रुपैयाँ बढेको हो ।
मूल्य घटेसँगै बुधबार सुनको भाउ प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला तीन लाख दुई हजार नौ सय रुपैयाँ रहेको थियो ।
यता मंगलबार प्रतितोला पाँच हजार छ सय ९५ रुपैयाँमा रहेको असली चाँदीको भाउ पाँच हजार सात सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।
उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।





