Nidan Media

सुकुमवासी बस्तीमा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ : खुश्बु ओली

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका दुई नागरिकको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुमवासी बस्तीमा डोजर चलाउँदा उत्पन्न पीडाका कारण दुई जनाको मृत्यु भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी ले लिनुपर्ने जिकिर गरिन्।

प्रमुख सचेतक ओलीले सरकारले मानवीय संवेदनशीलता बेवास्ता गरेर बस्ती हटाएको आरोप लगाइन्।

उद्धार वा व्यवस्थापनको नाममा काम गरिएको भए पहिल्यै लगत संकलन र वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाइन्। प्रतिनिधिसभालाई छायाँमा पार्ने र कठपुतली बनाउने प्रयास भइरहेको आरोपसमेत उनले लगाइन्।

ओलीले सुकुम्बासी बस्ती हटाउनुअघि उचित व्यवस्थापन नगर्नु सरकारको गम्भीर कमजोरी भएको टिप्पणी गरिन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.