सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख २५ गते शुक्रबार, इस्वीसंवत मे ९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको षष्ठी तिथि बिहानमा ८ः५० बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ। नक्षत्रमा उत्तरषाढा साँझमा ६ः०९ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुभ ४५ घटि ५२ पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा आनन्द रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३३ घटि १८ पला अर्थात १३ घण्टा २१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२२ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः४१ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १२ः०० बजे र अस्ताउने समय भोलि बिहान ११ः११ बजे रहेको छ । आज विश्व रेडक्रस दिवस रहेको छ।
आजको राशिफल
मेषः आज मनमा खुसी र शान्तिको अनुभूति रहनेछ। लामो समयदेखिको तनावबाट मुक्ति मिल्नेछ। तपाईँको सिर्जनात्मक क्षमतामा निखार आउनेछ र नयाँ अनुभव बटुल्ने मौका मिल्नेछ। आर्थिक पक्ष मजबुत रहनेछ। अचानक धन लाभ हुने सम्भावना छ। घरमा भौतिक साधनको जोहो हुनेछ। व्यापारमा गरिएका नयाँ प्रयासहरूले अब फल दिन सुरु गर्नेछन्। पारिवारिक जीवन निकै सुखी रहनेछ। आफन्तहरूबाट उपहार वा सुखद् समाचार प्राप्त हुनेछ।
वृषः आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। मानसिक तनाव बढ्ने सम्भावना भएकाले योग र ध्यानमा समय बिताउनु राम्रो हुनेछ। काममा सोचेजस्तो सफलता तत्काल नमिले पनि हरेस नखानुहोला। आर्थिक लेनदेनमा आज विशेष सतर्कता अपनाउनुहोस्। कसैलाई उधारो दिने काम आज नगर्दा नै बेस हुनेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर अघि बढ्नुहोला। पारिवारिक मामिलामा सानातिना विवाद हुन सक्छन्।
मिथुनः आजको दिन बौद्धिक कार्य र अध्ययन अध्यापनमा रुचि बढ्नेछ। नयाँ ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति हुनेछ। आर्थिक लाभको मध्यम योग छ। व्यापारमा औसत आम्दानी हुनेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर अघि बढ्नुहोला। विदेशी लगानीबाट लाभ मिल्ने सम्भावना देखिन्छ। प्रेम जीवनमा केही दूरी बढ्न सक्छ, त्यसैले पार्टनरको भावनालाई बुझ्ने प्रयास गर्नुहोला। अनावश्यक शंकाले सम्बन्धमा दरार ल्याउन सक्नेछ।
कर्कटः आजको दिन तपाईँका लागि निकै रमाइलो र लाभदायक रहनेछ। नयाँ सम्बन्धहरू गाँसिनेछन् र पुराना सम्बन्धहरूमा थप प्रगाढता आउनेछ। तपाईँको मिलनसार स्वभावले धेरैको मन जित्न सफल हुनुहुनेछ। आर्थिक दृष्टिकोणले दिन निकै सफल देखिन्छ। व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। नयाँ लगानीका अवसरहरू फेला पर्नेछन्। विलासी वस्तुहरूमा खर्च हुने योग छ। प्रेम र नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ।
सिंहः आज मान–सम्मान र प्रतिष्ठा बढ्ने दिन रहेको छ। तपाईँले गरेको मिहिनेतको फल मिल्नेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुन सक्छ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। आम्दानीका स्रोतहरू बढ्नाले आर्थिक व्यवस्थापन गर्न सजिलो हुनेछ। सरकारी जागिरे हुनुहुन्छ भने सकारात्मक खबर सुन्न पाइनेछ। पारिवारिक जीवनमा खुसी छाउनेछ। घरमा कुनै मङ्गलमय कार्यको आयोजना हुन सक्छ। सन्तानको पक्षबाट सुखद समाचार प्राप्त हुनेछ।
कन्याः आज तपाईँको दिन निकै गतिशील र व्यस्त रहनेछ। सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ, जसले गर्दा कार्यस्थलमा नयाँ आइडियाहरू प्रस्तुत गर्न सजिलो हुनेछ। नयाँ व्यक्तिहरूसँगको भेटघाटले तपाईँको सोचमा परिवर्तन ल्याउनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत रहेको छ। व्यापारमा नयाँ सम्झौता वा अर्डरहरू प्राप्त हुन सक्छन्। रोकिएका धन फिर्ता गराउन आज गरिएका प्रयासहरू सफल हुनेछन्। प्रेम र सामाजिक जीवन निकै रमाइलो रहनेछ।
तुलः आज आर्थिक रूपमा आजको दिन निकै सबल रहनेछ। शेयर बजार वा घरजग्गाको कारोबारमा संलग्न हुनुहुन्छ भने राम्रो नाफा कमाउने योग छ। रोकिएको धन फिर्ता हुन सक्छ। दाजुभाइ वा परिवारका सदस्यहरूबाट पूर्ण सहयोग मिल्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ र मानिसहरूले तपाईँको मद्दतको कदर गर्नेछन्। मनोरञ्जन र विलासिताका सामग्रीमा केही खर्च हुन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मधुरता रहनेछ।
वृश्चिकः आज साझेदारीमा गरिने कामहरूबाट लाभ मिल्नेछ। वैवाहिक जीवनमा मधुरता छाउनेछ र समझदारी बढ्नेछ। तपाईँको साहस र पराक्रमले गर्दा शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्षमा स्थिरता रहनेछ। नयाँ लगानीका लागि समय अनुकूल छ, तर सबै पक्षको अध्ययन गरेर मात्र अघि बढ्नुहोला। आर्थिक लेनदेनमा इमानदारी कायम राख्नुहोला। पारिवारिक जीवन सुखमय रहनेछ। जीवनसाथीको सहयोगले गर्दा कठिन परिस्थिति पनि सहजै पार हुनेछ। सन्तानको प्रगतिले गर्दा समाजमा तपाईँको प्रतिष्ठा बढ्नेछ।
धनुः आज तपाईँको झुकाव धार्मिक र आध्यात्मिक कार्यतर्फ बढ्नेछ। तपाईँको सल्लाहले अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। दान–पुण्य वा समाजसेवामा मन लाग्नेछ। आर्थिक लाभको राम्रो योग छ। शैक्षिक क्षेत्र वा परामर्श सेवामा संलग्न हुनुहुन्छ भने आज विशेष फाइदा मिल्नेछ। रोकिएका पुराना भुक्तानीहरू प्राप्त हुनेछन्। पारिवारिक वातावरण शान्त र सौहार्दपूर्ण रहनेछ। घरका सदस्यहरूसँग रमाइलो कुराकानी र भोजनको अवसर मिल्नेछ।
मकरः आज केही सावधानी अपनाउनु पर्ने देखिन्छ। अनावश्यक झमेलामा फस्ने सम्भावना भएकाले आफ्नो काममा मात्र केन्द्रित हुनुहोला। नचाहिने विवादबाट टाढै रहनु राम्रो हुनेछ। आर्थिक पक्षमा केही उतारचढाव आउन सक्छ। आम्दानीभन्दा खर्च बढी हुने योग भएकाले फजुल खर्चमा नियन्त्रण गर्नुहोला। ऋणको लेनदेनबाट टाढै रहनुहोला। पारिवारिक सम्बन्धमा केही असमझदारी उत्पन्न हुन सक्छ। साना कुरामा जिद्दी नगर्नुहोला।
कुम्भः आज स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो दिन रहेको छ। पुराना रोगहरूबाट मुक्ति मिल्न सक्छ। तपाईँको मनमा एक प्रकारको शान्ति र सन्तुष्टि छाउनेछ। पुराना समस्याहरू समाधान हुनाले मानसिक बोझ कम हुनेछ। तपाईँको सामाजिक दायरा बढ्नेछ र नयाँ प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क स्थापित हुनेछ। आर्थिक अवस्था सुदृढ रहनेछ। पैतृक सम्पत्तिको प्रयोगबाट लाभ मिल्ने योग छ। प्रेम जीवनमा नयाँपन आउनेछ र जीवन साथीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। आकस्मिक धन प्राप्तिको योग पनि देखिन्छ।
मीनः आज तपाईँको आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ कार्यको थालनी गर्नका लागि समय निकै ऊर्जावान् देखिन्छ। कार्यक्षेत्रमा तपाईँको नेतृत्वदायी भूमिकाको प्रशंसा हुनेछ र सहकर्मीहरूले तपाईँको निर्णयलाई सम्मान गर्नेछन्। आर्थिक लाभको बलियो योग छ, तर हतारमा ठूलो लगानी नगर्नुहोला। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन समझदारीपूर्ण रहनेछ। रोकिएका पुराना कामहरू अचानक सुचारु हुन सक्छन्। तपाईँको सामाजिक प्रतिष्ठामा वृद्धि हुने योग छ। घरमा कुनै मङ्गलमय कार्य हुन सक्नेछ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२० बजेदेखि ७ः०० बजेसम्म चर बेला
बिहान ७ः०० बजेदेखि ८ः४० बजेसम्म लाभ बेला
बिहान ८ः४० बजेदेखि १०ः२० बजेसम्म अमृत बेला
बिहान १०ः२० बजेदेखि १२ः०० बजेसम्म काल बेला
मध्यान्हमा १२ः०० बजेदेखि १ः४० बजेसम्म शुभ बेला
दिनमा १ः४० बजेदेखि ३ः२० बजेसम्म रोग बेला
दिनमा ३ः२० बजेदेखि ५ः०० बजेसम्म उद्धेग बेला
दिनमा ५ः०० बजेदेखि ६ः४० बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४० बजेदेखि ८ः०० बजेसम्म लाभ बेला
साँझ ८ः०० बजेदेखि ९ः२० बजेसम्म अमृत बेला
राति ९ः२० बजेदेखि १०ः४० बजेसम्म काल बेला
राति १०ः४० बजेदेखि १२ः०० बजेसम्म शुभ बेला
राति १२ः०० बजेदेखि १ः१९ बजेसम्म रोग बेला
राति १ः१९ बजेदेखि २ः३९ बजेसम्म उद्धेग बेला
रातिमा २ः३९ बजेदेखि ३ः५९ बजेसम्म चर बेला
रातिमा ३ः५९ बजेदेखि ०५ः१९ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





