Nidan Media

मुस्ताङमा लेक लागेर एक जनाको ज्यान मृत्यु

पोखरा । मुस्ताङमा लेक लागेर एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्ल रहेको प्रहरीले जनाएको छ।

मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किने क्रममा कागबेनीमा लेक लागेर मल्लको मृत्यु भएको बताइएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि मल्ललाई जोमसोमस्थित अस्पताल पुर्याइएको थियो ।

लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मुस्ताङमा वैशाख महिनामा मात्रै लेक लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.