Nidan Media

सूर्यदेवको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख २० गते आइतबार, इस्वीसंवत मे ३ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको द्धितीया तिथि रातिमा १ः२४ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा विशाखा बिहानमा ६ः०९ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ४० घटि ३० पलासम्म त्यसपछि परिध योग लाग्नेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३३ घटि १ पला अर्थात १३ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ८ः२१ बजे र अस्ताउने समय भोलि बिहान ५ः५७ बजे रहेको छ । आज विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हासो दिवस रहेको छ।

आजको राशिफल

मेषः आज समय शुभ रहनेछ । धन आर्जनको विशेष अवसर पाइनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ भने पछिसम्म फाइदा हुने काम हात लाग्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम उठ्ने ग्रहगोचर रहेको छ ।

वृषः आज समय खराब छ । विवादास्पद काममा समय खर्च हुनेछ, जसले गर्नैपर्ने काम रोकिन सक्नेछ। अवसरवादीबाट निकै सजग रहनुपर्ने दिन रहेको छ। आफ्नै कमजोरीले चिन्ता बढाउनेछ। आजको परिस्थिति संघर्षपूर्ण रहनेछ। तपाईंको जबरजस्ती काम गर्ने बानीले समस्या निम्त्याउनेछ। आज यात्रा र लेनदेनमा पनि सतर्क रहन आवश्यक छ। आज सम्पत्तिको विषयले मातापितासँग कलह हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

मिथुनः आज समय शुभ छ । सरकारी जागीरमा राम्रो अवसर आउनेछ। चुनौतीहरू आफै हटेर जानेछ । नयाँ अवसर र सफलताले पछ्याउनेछ। टाढिएका शुभचिन्तकहरू नजिक र प्रशन्न हुनेछन् । तपाईं धार्मिक र सेवामूलक काममा सहभागी हुन पाउनेछन्। कार्यालयमा सहकर्मीको सहयोग समेत पाउन सकिनेछ । आर्थिक अभाव हट्नेछ। दाम, नाम र इनाम पनि प्राप्त हुनेछ। माताको आशिर्वादले तपाईंको महत्वपूर्ण काम सम्पन्न हुनेछ ।

कर्कटः आज समय खराब रहनेछ । आज काममा व्यस्तता बढ्दा शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याएर गर्नुपर्नेछ। तनावमा काम गर्ने बानीले समस्या निम्त्याउनेछ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान दिनुपर्नेछ। आज कामको चाप पनि बढ्ने देखिन्छ । तर मायाप्रेममा आत्मीयता बढ्नेछ । विद्यार्थीले अध्ययनमा सफलता पाउनेछन् भने गुरुको सहयोगले गन्तव्य पहिल्याउन सहज हुनेछ ।

सिंहः आज समय शुभ छ । स्वास्थ्य पनि राम्रो रहनेछ । कर्मको उचित प्रतिफल पाइनेछ। आफन्तबाट विभिन्न उपहार प्राप्त हुनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप बढ्दै जानेछ । पशुचौपायामा केही समस्या देखिनेछ । मिहिनेत गर्दा प्रशस्त धन आर्जन हुनेछ।

कन्याः आज समय मध्यम खालको रहनेछ । बोलेका वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्नेछन् । आफ्ना कमजोरीमाथि टिकाटिप्पणी हुनेछ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन्। आर्थिक अभावले काम रोकिने सम्भावना रहेको छ। जसले आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । आज विगतको श्रमबाट भने लाभ मिल्नेछ। गलत आरोप लगाउनेहरूले दुःख दिनेछन्। आज मानसम्मानमा समस्या हुन सक्छ। तर पनि शुभचिन्तकको माध्यमबाट स्थितिमा सुधार ल्याउन सकिनेछ।

तुलाः आज समय खराब छ भने स्वास्थ्य पनि राम्रो रहने छैन । नयाँ काममा लगानी गर्न केही समय धैर्य गर्नुहोला । काम बिग्रने डरले सताउनेछ। पुराना कामको न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्नेछ। अरूका काममा धेरै समय खर्चनुपर्ने दिन रहेको छ। विगतका समस्या फेरि बल्झिन सक्नेछ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने दिन रहेको छ। नयाँ भन्दा विगतकै कामलाई निरन्तरता दिनुहोला ।

वृश्चिकः आज समय खराब रहनेछ। स्वास्थ्यमा पनि समस्या आउनेछ । समयमा नै होस नपुग्नाले गरिरहेका काम रोकिन सक्नेछ। अवसरको खोजीमा ज्यादै दौडधूप गर्नुपर्नेछ। साथीभाइसँग असमझ्दारी बढ्न सक्नेछ, सचेत हुनुहोला । खर्च बढ्नाले आर्थिक अभाव देखा पर्नेछ। । पढाइलेखाइमा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास बढ्नेछ । तर आज टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ भने तनाव पनि कम हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।

धनुः आज समय राम्रो रहनेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । शत्रुता राख्नेहरू आँफै साइड लाग्नेछन्। विवादित निर्णय तपार्इँकै पक्षमा आउने ग्रहगोचर रहेको छ। तपाईंको मन प्रशन्न हुनेछ । पढाइलेखाइमा उत्कृष्ट नतिजा आउनेछ। घरपरिवार तथा आफन्तहरू खुशी हुनेछन्। व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । नयाँ काममा लगानी गर्न सकिने समय रहेको छ ।

मकरः आज समय शुभ छ । स्वास्थ्य राम्रो रहनेछ । अदालतबाट न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुर रहनेछ। माया प्रेम झन् कसिलो भएर जानेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आज सवारी साधन प्राप्तिको योग रहेको छ ।

कुम्भः आज समय खराब रहनेछ । आमा तथा परिवारका सदस्य तपार्इंदेखि टाढिन सक्नेछन्। पढाइलेखाइमा ध्यान नदिँदा नतिजामा असर पर्नेछ। राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनुहोला। तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्नेछ, ध्यान दिनुहोला। कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउन आवश्यक छ। टाढाको यात्रामा ध्यान दिन आवश्यक छ।

मीनः आज समय खराब छ । स्वास्थ्यमा आकस्मिक समस्या आउन सक्नेछ । शरीरमा चोटपटक लाग्ने सम्भावना पनि छ । त्यसैले जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ । परिवारका सदस्य, कर्मचारी र इष्टमित्रले तपाईंको आलोचना गर्नेछन् । आज महत्वपूर्ण काम गर्दा सोच विचार गर्न आवश्यक छ। आज सकेसम्म पश्चिम दिशाको यात्रामा नजानुहोला । धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म उद्धेग बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म चर बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म लाभ बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म अमृत बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म काल बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म शुभ बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म रोग बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म चर बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म लाभ बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म अमृत बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म काल बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म शुभ बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म रोग बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म उद्धेग बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.