Nidan Media

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्दै

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै सोमबार नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.