सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख ११ गते शुक्रबार, इस्वीसंवत अप्रिल २४ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको अष्टमी तिथि रातिमा ११ः५३ बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा तिष्य रातिमा १२ः३७ बजेसम्म त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा धृति ६ घटि ३१ पलासम्म त्यसपछि शूल योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३२ घटि ३० पला अर्थात १३ घण्टा ०३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३३ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ९ः२८ बजे र अस्ताउने समय रातिमा १२ः०० बजे रहेको छ । आज लोकतन्त्र दिवस, गोरखकाली पूजा गर्ने दिन र विश्व खोप सप्ताह शुरू गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आज ऊर्जा र उत्साह उच्च रहनेछ। नयाँ काम सुरु गर्न अनुकूल वातावरण मिल्नेछ। सरकारी क्षेत्रमा रोकिएका काम अघि बढ्ने सम्भावना देखिन्छ। पारिवारिक सम्बन्धमा मिठास बढ्नेछ र जीवनसाथीको सहयोग प्राप्त हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत छन्। विद्यार्थीका लागि अध्ययनमा सुधार आउनेछ। स्वास्थ्य सामान्य रहनेछ तर खानपानमा ध्यान दिनु आवश्यक छ। व्यापारमा लाभको अवसर देखिन्छ। पुराना लेनदेन सुल्झिन सक्छ। आत्मविश्वासले निर्णय क्षमतामा वृद्धि हुनेछ।
वृषः आज आर्थिक लाभको राम्रो सम्भावना देखिन्छ। विगतका लगानीबाट प्रतिफल प्राप्त हुन सक्छ। बैंकिङ क्षेत्रमा कार्यरतले प्रगति अनुभव गर्नेछन्। प्रेम सम्बन्धमा नयाँ मिठास थपिनेछ। अविवाहितका लागि विवाह प्रस्ताव आउन सक्छ। पारिवारिक यात्राले सम्बन्ध मजबुत बनाउनेछ। कला र सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक सम्मान बढ्नेछ। व्यापारमा प्रविधिको प्रयोगले गति ल्याउनेछ। नयाँ वस्तु खरिदको अवसर मिल्नेछ। सन्तानबाट खुसी प्राप्त हुनेछ। विद्यार्थी सफल हुनेछन्। बोलीको प्रभावले कार्य सहज बन्नेछ।
मिथुनः आज सोचविचार गरेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ। हतारको कदमले समस्या ल्याउन सक्छ। कार्यक्षेत्रमा चुनौती देखिए पनि धैर्यले समाधान सम्भव छ। आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक छ। नजिकको व्यक्तिबाट धोका सम्भावना रहन्छ। अनावश्यक खर्च बढ्न सक्छ। पारिवारिक सहयोगले मन हलुका हुनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। यात्रा टार्नु राम्रो हुनेछ। व्यापारमा सुस्तता रहे पनि सुधार सम्भव छ। पुराना साथी भेटिनेछन्। आध्यात्मिक रुचि बढ्नेछ। बोलीमा नियन्त्रण आवश्यक छ।
कर्कटः आज उपलब्धिमूलक दिन रहनेछ। नेतृत्व क्षमताको प्रशंसा हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। पारिवारिक सम्बन्ध मजबुत बन्नेछ। दाजुभाइको सहयोगले ठुलो काम सम्पन्न हुनेछ। घरजग्गा सम्बन्धी काममा सफलता मिल्नेछ। राजनीतिक वा सामाजिक क्षेत्रमा समर्थन बढ्नेछ। रोकिएका काम अघि बढ्नेछन्। वैदेशिक समाचारले उत्साह ल्याउनेछ। व्यापारमा राम्रो आम्दानी हुनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। मनोरञ्जनमा समय बित्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। विद्यार्थी प्राविधिक क्षेत्रमा सफल हुनेछन्।
सिंहः आज आत्मबल बढ्ने दिन रहेको छ। सरकारी जिम्मेवारी थपिन सक्छ। कामको चाप रहे पनि सफलता प्राप्त हुनेछ। आर्थिक अवसर देखा पर्नेछन्। लगानी गर्दा विचार गर्नुपर्छ। पैतृक विवाद समाधान हुन सक्छ। सामाजिक भेटघाट रमाइलो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। छोटो यात्रा लाभदायक हुनेछ। व्यापार विस्तार सम्भावना छ। नयाँ व्यवसाय सुरु गर्न उपयुक्त समय छ। प्रतिस्पर्धामा अग्रता मिल्नेछ। शत्रु पक्ष कमजोर हुनेछ। परोपकारी सोच विकसित हुनेछ। प्रेममा सामान्य असमझदारी आउन सक्छ।
कन्याः आज मिश्रित परिणाम आउनेछ। मेहनत अनुसार तुरुन्त फल नदेखिन सक्छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। अभिभावकको स्वास्थ्यमा ध्यान दिनुपर्छ। आर्थिक कारोबारमा सावधानी आवश्यक छ। अध्ययनमा प्रगति हुनेछ। अनुसन्धान कार्य सफल बन्न सक्छ। साथी सहयोगी बन्नेछन्। बोलीमा मधुरता आवश्यक छ। व्यापार सामान्य रहनेछ। नयाँ लगानी स्थगित गर्नु राम्रो हुन्छ। गोपनीयता कायम राख्नुपर्छ। धार्मिक यात्रा सम्भावना छ। नकारात्मक सोच हटाउनुपर्छ। मानसिक शान्ति खोज्ने प्रयास सफल हुनेछ।
तुलाः आज व्यस्तता बढ्नेछ। लामो यात्रा सम्भावना छ। आर्थिक स्थितिमा उतारचढाव आउन सक्छ। खर्च नियन्त्रण आवश्यक छ। विवादबाट टाढा रहनुपर्छ। पारिवारिक सम्बन्धमा तनाव देखिन सक्छ। जीवनसाथीसँग संवाद आवश्यक छ। सन्तानको विषयमा चिन्ता बढ्न सक्छ। व्यापार प्रतिस्पर्धी बन्नेछ। नयाँ प्रस्ताव अध्ययन गर्नुपर्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। सामाजिक छवि बचाउन प्रयास आवश्यक छ। परोपकारी कार्यमा रुचि बढ्नेछ। निर्णयमा सावधानी अपनाउनुपर्छ।
वृश्चिकः आज अत्यन्त शुभ दिन रहेको छ। रोकिएका काम पूरा हुनेछन्। घरजग्गा खरिद सम्भावना देखिन्छ। आर्थिक लाभ बलियो छ। साझेदारी कार्य सफल बन्नेछ। मित्र सहयोगी हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। ऊर्जा बढ्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। वैदेशिक अवसर प्राप्त हुन सक्छ। व्यापार विस्तार सम्भावना छ। प्रतिस्पर्धामा विजय मिल्नेछ। ग्राहक संख्या बढ्नेछ। अधिकारीहरू सन्तुष्ट हुनेछन्। धार्मिक कार्यमा रुचि बढ्नेछ। आज दिनभर मन शान्त रहनेछ।
धनुः आज मध्यम दिन रहनेछ। आलस्यले काममा ढिलाइ हुन सक्छ। खर्च बढ्न सक्छ। पारिवारिक तनाव सम्भावना छ। बाबुआमाको सहयोगले समस्या टर्न सक्छ। स्वास्थ्यमा थकान देखिन सक्छ। धार्मिक यात्रा लाभदायक हुनेछ। नयाँ काम सोचेर मात्र सुरु गर्नुपर्छ। व्यापार स्थिर रहनेछ। कर्मचारीसँग सम्बन्ध राम्रो राख्नुपर्छ। नयाँ सिकाइको अवसर मिल्नेछ। विद्यार्थीले ध्यान दिनुपर्छ। प्रेममा दूरी आउन सक्छ। धैर्य आवश्यक छ। दानले सकारात्मक प्रभाव पार्नेछ। मन शान्त राख्न प्रयास गर्नुहोस्।
मकरः आज अत्यन्त शुभ दिन हो। नयाँ योजना कार्यान्वयन हुनेछ। व्यापारमा ठूलो सफलता मिल्नेछ। आर्थिक स्थिति बलियो बन्नेछ। रोकिएको रकम फिर्ता आउन सक्छ। पारिवारिक उत्सवको वातावरण रहनेछ। मित्र सहयोग प्राप्त हुनेछ। पदोन्नति सम्भावना छ। वैदेशिक कार्य लाभदायक हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। व्यापार विस्तार हुनेछ। प्रतिस्पर्धामा अग्रता मिल्नेछ। सन्तानबाट खुसी मिल्नेछ। सामाजिक प्रभाव बढ्नेछ। विद्यार्थी सफल हुनेछन्। प्रेममा उत्साह थपिनेछ। उपहार प्राप्त हुन सक्छ।
कुम्भः आज सतर्क हुनुपर्ने दिन रहेको छ। विवादबाट टाढा रहनुपर्छ। आर्थिक कारोबारमा सावधानी आवश्यक छ। पारिवारिक असमझदारी देखिन सक्छ। घरको काममा समय बित्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। कार्यक्षेत्रमा तनाव बढ्न सक्छ। सहकर्मीसँग मतभेद सम्भावना छ। व्यापार मध्यम रहनेछ। नयाँ सम्झौता ध्यानपूर्वक गर्नुपर्छ। आध्यात्मिक रुचि बढ्नेछ। मानसिक दबाब अनुभव हुन सक्छ। विद्यार्थीले मेहनत बढाउनुपर्छ। प्रेम सम्बन्धमा विश्वास आवश्यक छ।
मीनः आज रमाइलो दिन रहनेछ। मित्र भेटघाटले खुशी बढ्नेछ। आम्दानीको नयाँ स्रोत खुल्न सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। सन्तानबाट खुसी प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय छ। सामाजिक सम्मान बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। रचनात्मक कार्य सफल हुनेछ। वैदेशिक अवसर सम्भावना छ। व्यापार लाभदायक रहनेछ। उच्च अधिकारी सहयोगी बन्नेछन्। प्रतिस्पर्धामा सफलता मिल्नेछ। विद्यार्थी उत्कृष्ट प्रदर्शन गर्नेछन्। मन्दिर दर्शनले मन शान्त हुनेछ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पश्चिम र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म चर बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म लाभ बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म अमृत बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म काल बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म शुभ बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म रोग बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म उद्धेग बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म लाभ बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म अमृत बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म काल बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म शुभ बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म रोग बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म उद्धेग बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म चर बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।





