सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख ३ गते बिहीबार, इस्वीसंवत अप्रिल १६ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको चतुर्दशी तिथि साँझमा ७ः२२ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ। नक्षत्रमा उत्तरभाद्रपदा दिनमा १ः०६ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐन्द्र १० घटि २३ पलासम्म त्यसपछि प्रीति योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५९ पला अर्थात १२ घण्टा ५१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः४१ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा ४ः३४ बजे र अस्ताउने समय दिनमा ५ः२३ बजे रहेको छ ।
आजको राशिफल
मेषः आज मनमा खुसी र शान्तिको अनुभूति रहनेछ। लामो समयदेखिको तनावबाट मुक्ति मिल्नेछ। ऋाज नयाँ अनुभव बटुल्ने मौका मिल्नेछ। आर्थिक पक्ष मजबुत रहनेछ। अचानक धन लाभको योग पनि देखिन्छ। व्यापारमा गरिएका नयाँ प्रयासबाट राम्रो मिल्नेछ । पारिवारिक जीवन निकै सुखी रहनेछ। आफन्तहरूबाट उपहार प्राप्त हुनेछ। तर आज सन्तानसँग मनमुटाव हुन सक्छ, सचेत हुनुहोला ।
वृषः आजको दिन निकै रमाइलो र लाभदायक रहनेछ। नयाँ सम्बन्धहरू गाँसिनेछन् । पुराना सम्बन्धहरूमा थप प्रगाढता आउनेछ। तपाईँको मिलनसार स्वभावले धेरैको मन जित्न सफल हुनुहुनेछ। आर्थिक दृष्टिकोणले दिन सफल हुनेछ। व्यापार व्यवसायमा राम्रो प्रगति हुनेछ। नयाँ लगानीका अवसरहरू फेला पर्नेछन्। विलासी वस्तुहरूमा खर्च हुने योग छ। नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ। साथीभाइको सहयोगले कुनै ठूलो समस्या समाधान हुनेछ।
मिथुनः आज तपाईँको सल्लाहले अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। दान–पुण्य वा समाज सेवामा मन लाग्नेछ। आर्थिक लाभको राम्रो योग रहेको छ। शैक्षिक क्षेत्र वा परामर्श सेवाबाट विशेष फाइदा मिल्नेछ। रोकिएका पुराना भुक्तानी प्राप्त हुनेछन्। पारिवारिक वातावरण शान्त र सौहार्दपूर्ण रहनेछ। घरका सदस्यसँग रमाइलो कुराकानी गर्न पाइनेछ। आज धार्मिक यात्रा गर्दा निकै रमाइलो हुनेछ ।
कर्कटः आज स्वास्थ्यको दृष्टिकोणले निकै राम्रो दिन रहेको छ। पुराना रोगहरूबाट मुक्ति मिल्नेछ। मनमा शान्ति र सन्तुष्टि छाउनेछ। पुराना समस्याहरू समाधान हुनेछ, जसले मानसिक बोझसमेत कम हुनेछ। तपाईँको सामाजिक दायरा बढ्नेछ । प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क स्थापित हुनेछ। आर्थिक अवस्था सुदृढ रहनेछ। पैतृक सम्पत्तिको प्रयोगबाट लाभ मिल्ने योग छ। प्रेम जीवनमा नयाँपन आउनेछ भने जीवन साथीसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। आकस्मिक धन प्राप्तिको योग पनि देखिन्छ।
सिंहः आज मान–सम्मान र प्रतिष्ठा बढ्ने छ। तपाईँले गरेको मिहिनेतको फल मिल्नेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ। आम्दानीका स्रोत बढ्नाले आर्थिक व्यवस्थापन गर्न सजिलो हुनेछ। सरकारी जागिरबाट सकारात्मक खबर प्राप्त हुनेछ। पारिवारिक जीवनमा खुसीयाली छाउनेछ। सन्तानको पक्षबाट सुखद समाचार प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।
कन्याः आज अध्ययन अध्यापनमा रुचि बढ्नेछ। नयाँ ज्ञान आर्जन गर्ने अवसर रहेको छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा प्रगति हुनेछ। आर्थिक लाभको मध्यम योग छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले सचेत हुनुहोला । शेयर लगानीबाट लाभ मिल्नेछ। प्रेम जीवनमा केही दूरी बढ्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। अनावश्यक शंकाले सम्बन्धमा दरार ल्याउन सक्नेछ। परिवारसँग समय बिताउनु नै आजका लागि उत्तम उपाय हुनेछ।
तुलः आज आर्थिक रूपमा आजको दिन निकै सबल रहनेछ। शेयर बजारमा लगानी गर्नेले राम्रो नाफा कमाउने योग छ। रोकिएका धन फिर्ता हुनेछ। दाजुभाइ वा परिवारका सदस्यहरूबाट पूर्ण सहयोग मिल्नेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ । साथीभाइले तपाईँको मद्दतको कदर गर्नेछन्। मनोरञ्जन र विलासिताका सामग्रीमा केही खर्च हुन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा मधुरता रहनेछ। जीवन साथीसँगको यात्रा निकै सुखद् र स्मरणीय रहनेछ।
वृश्चिकः आज साझेदारीमा गरिने कामहरूबाट लाभ मिल्नेछ। वैवाहिक जीवनमा मधुरता छाउनेछ भने समझदारी बढ्नेछ। तपाईँको साहस र पराक्रमले गर्दा शत्रुहरू परास्त हुनेछन्। आर्थिक पक्षमा स्थिरता रहनेछ। नयाँ लगानीका लागि समय अनुकूल रहेको छ । आर्थिक लेनदेनमा इमान्दारिता कायम राख्नुहोला। पारिवारिक जीवन सुखमय रहनेछ। जीवनसाथीको सहयोगले गर्दा कठिन परिस्थिति पनि सहजै पार हुनेछ।
धनुः आज तपाईँको दिन निकै गतिशील र व्यस्त रहनेछ। सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ। कार्यस्थलमा नयाँ तरिकाहरू प्रस्तुत गर्न सजिलो हुनेछ। नयाँ व्यक्तिहरूसँगको भेटघाटले सोचमा परिवर्तन ल्याउनेछ। आर्थिक पक्षमा सुधार आउने छ। व्यापारमा नयाँ सम्झौता हुन सक्नेछ। सापटी दिएर रोकिएका धन फिर्ता हुनेछ । प्रेम र सामाजिक जीवन निकै रमाइलो रहनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुने र मनका कुरा साटासाट गर्न पाइनेछ।
मकरः आज काममा केही सावधानी अपनाउनु पर्ने देखिन्छ। अनावश्यक झमेलामा फस्ने योग रहेकाले सतर्क हुनुहोला । अनावश्यक विवादबाट टाढै रहनु राम्रो हुनेछ। आम्दानीभन्दा खर्च बढी हुने योग भएकाले आर्थिक पक्षमा केही उतारचढाव आउनेछ। फजुल खर्चमा नियन्त्रण गर्नुहोला। ऋणकोबाट टाढै रहनुहोला। आर्थिक अवस्थाले नै पारिवारिक सम्बन्धमा असमझदारी उत्पन्न हुनेक्छ। ऋाज साना कुरामा जिद्दी नगर्नुहोला। धैर्यताका साथ समस्याको समाधान खोज्ने प्रयास गर्नुहोला।
कुम्भः आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। मानसिक तनाव बढ्ने सम्भावना छ। त्यसैले योग र ध्यानमा समय बिताउनु राम्रो हुनेछ। आर्थिक लेनदेनमा आज विशेष सतर्कता अपनाउनुहोला । कसैलाई नगद दिने काम नगर्नुहोला। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर काम गर्नुहोला । पारिवारिक मामिलामा सानातिना विवाद हुन सक्नेछ। बोल्दा शब्दको चयनमा ध्यान दिन नसकिए सम्बन्धमा चिसोपन आउन सक्ने देखिएको छ।
मीनः आज तपाईँको आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको नेतृत्वदायी भूमिकाको प्रशंसा हुनेछ । सहकर्मीहरूले तपाईँको निर्णयलाई सम्मान गर्नेछन्। आर्थिक लाभको बलियो योग छ, तर हतारमा ठूलो लगानी नगर्नुहोला। रोकिएका पुराना कामहरू सुचारु हुन सक्छन्। तपाईँको सामाजिक प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ। घरमा कुनै मङ्गलमय कार्य हुन सक्नेछ। विद्यार्थीहरूले आज थप मिहिनेत गर्नुपर्नेछ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म शुभ बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म रोग बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म उद्धेग बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म चर बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म लाभ बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म अमृत बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म काल बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म रोग बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म उद्धेग बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म चर बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म लाभ बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म अमृत बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म काल बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म शुभ बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




