Nidan Media

हाइस-मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु, हाइस चालक फरार

धनगढी । कैलालीमा मंगलबार साँझ हाईस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-७ गुलारामा सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बरको हाईस र ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु  हुनेमा मोटरसाइकलमा सवार लम्कीचुहा-८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनार छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गम्भीर घाइते दुवै जनालाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न हाईस नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाले खोजी कार्य जारी छ ।

साथै, हाईस धनीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.