Nidan Media

जनकपुर पुगे पूर्वराजा ज्ञानेन्द्र, आज राम र जानकी मन्दिरमा पूजापाठ गर्ने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम पुगेका हुन ।

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम पुगेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मूल समारोह समिति धनुषा संयोजक श्रवणकुमार झाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहसँगै पूर्वरानी कोमल शाह पनि जनकपुरधाम पुगेकी छन् ।

पूर्वराजा दम्पत्तिले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए ।

उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.