पाेखरा। पहिरोका कारण पाँचथरमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका वडा नं ४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा छन् । शेर्माको घर पहिरो परिँदा उनको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता, फाल्गुनन्द गाउँपालिका वडा नं ३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको हो ।
यता, मिक्लाजुङ गाउँपालिका वडा नं ३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी छन् ।
फाल्गुनन्द गाउँपालिका वडा नं १ आलुवारीकी ७२ वर्षीया शुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएकी छन् ।
फाल्गुनन्द गाउँपालिका वडा नं ५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ ।