काठमाडौँ । शेयर बजार आइतबार र साेमबार दुई दिन बन्द हुने भएको छ ।
लगातारको वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शेयर बजार पनि बन्द हुने भएको हो ।
दशैँको लामो बिदापछि आइतबारदेखि नियमित कारोबार शुरू हुने अपेक्षा गरिएको शेयरबजार मौसमजन्य विषम परिस्थितिका कारण पुनः बन्द भएको हो ।
सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्थासमेत दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसअघि लगानीकर्ताले दशैँपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।