पाँचथर । पाँचथरमा शनिबार बिहान बोलेरो जीप दुर्घटनामा छ जनाको घटनास्थलमै ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।
कुम्मायक गाउँपालिका वडा नं २ र ३ को सिमानामा पर्ने कात्तिकेडाँडामा जीप दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि धरान ल्याइएको छ । मृतक र घाइतेको विवरण आउन बाँकी छ ।
घटनास्थलमा प्रहरी पुग्न ढिला भए पनि स्थानीयले घाइतेलाई उद्धार गरी धरानतर्फ पठाएको प्रहरीले जनाएको छ ।
स्थानीयले घाइतको उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारीसाधन पठाउन आग्रह गरेका थिए ।
दुर्घटनालगत्तै प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।