पोखरा । भारतविरुद्धको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज निरीह सावित भएको छ। हालैमात्र टी-२० क्रिकेटमा नेपालसँग पराजित भएको वेष्ट इन्डिज पहिलो टेष्टमा भारतसँग पनि निरीह देखिएको हो ।
अहमदाबादमा जारी पहिलो खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै एक सय ६२ रनमात्र जोड्न सक्यो । ४४दशमलव१ ओभरमात्र क्रिजमा टिक्न सकेको पाहुना टिमका लागि जस्टिन ग्रेभ्सले सर्वाधिक ३२ रन जोडे । मोहम्मद सिराजले चार, जसप्रित बुमराहले तीन तथा कुलदीप यादवले दुई विकेट लिए ।
जवाफमा भारतले शानदार ब्याटिङ गर्दै दोस्रो दिनको समाप्तिसम्म शुक्रबार पाँच विकेटको क्षतिमा दुई सय २८ रन बनाइसकेको छ ।
दोस्रो दिन दुई विकेटको क्षतिमा एक सय २१ रनबाट अगाडि खेलेको भारतले थप तीन विकेट गुमाउँदा चार सय ४८ रन बनाएको हो ।
ध्रव जिरेल, रविन्द्र जडेजा र केएल राहुलले शतक बनाएका छन् । जुरेलले एक सय २५ तथा राहुले एक सय रन बनाएका छन् भने जडेजा एक सय चार रनमा अविजित छन् ।
त्यस्तै कप्तान शुबमन गिलले ५० रन जोडेका छन् । दुई सय ८२ रनले पछिपरेको वेष्ट इन्डिजले फराकिलो हार बेहोर्ने लगभग पक्का छ । वेष्ट इन्डिजले भारतमा रहँदा दुई खेलको टेष्ट श्रृंखला खेल्नेछ ।