Nidan Media

नेपाललाई दियो एक सय पाँच रनको चुनौती

काठमाडौँ । मलेसियाले अन्तर्राष्ट्रिय महिला टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितको लागि एक सय पाँच रनको लक्ष्य दिएको छ  ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय चार रनको योगफल बनाएको छ ।

मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा आयोजना हुने टी-२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।

प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.