Nidan Media

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति शेरबहादुर देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बैठक बोलाउनुभएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यका उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

जेनजी आन्दोलनपश्चात् पार्टीको महाधिवेशनबाट नेतृत्व परिवर्तन र फागुन ११ का लागि घोषित निर्वाचनको बहस पार्टीभित्र पेचिलो भन्दै गएको छ ।

यही बहसकाबीच बोलाइएको केन्द्रीय समिति बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

जेनजी आन्दोलनमा घाइते भई अस्पतालमा उपचाररत पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजू राणा देउवा अझै पनि सार्वजनिक भएका छैन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.