काठमाडौँ । प्राकृतिक विपद्का घटनामा परी पछिल्लो पाँच महिनामा दुई सय ८१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गत वैशाखदेखि भाद्र मसान्तसम्ममा देशभर कूल तीन हजार छ सय ८१ विपद्का घटना भएकामा छ हजार पाँच सय ९० घर परिवार प्रभावित भएको छ ।
सो अवधिमा विपद्मा परेर दुई सय ४३ जनाको ज्यान गएको छ भने आठ सय ६९ जना घाइते भएका छन् । साथै २४ जना बेपत्ता भएका प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार दुई सय ९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् ।
आगलागीमा परेर एक हजार चार सय ११ घरपरिवार प्रभावित भएका छन् ।
बाढीको दुई सय ६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार आठ सय ६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
यस्तै, चार सय ६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् ।
यसैगरी भारी वर्षाका मात्रै तीन सय ४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने आठ सय ११ परिवार प्रभावित भएका छन् ।
सो अवधिमा दुई सय ९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने दुई सय १२ जना घाइते भएका छन् ।
यस्तै, तीन सय ५१ परिवार प्रभावित भएका छन् । सर्पदंशका तीन सय चार घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने दुई सय ३३ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार, वन डढेलोका एक सय ८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् ।
यस्तै, हावाहुरीमा दुई सय ८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् ।
हावाहुरीमा परेर पाँच सय ४१ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका दुई सय १७ घटना घटदा २० जानको निधन भएको छ ।
यस्तै, ८८ जना घाइते हुँदा तीन सय ६६ परिवार प्रभावित भएका छन् ।
विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।