पोखरा । एसिया कपअन्तर्गत आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानमाथि सात विकेटको शानदार जित हासिल गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान जम्मा एक सय २७ रनमै अलआउट हुन पुग्यो । एक सय २८ रनको लक्ष्य पछाएको भारत १५दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भयो।
भारतका लागि कप्तान सूर्यकुमार यादवले अवीजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१/३१ रन बनाएका थिए । त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए । पाकिस्तानका बलर सैयब आयुबले तीन विकेट लिएका थिए ।
यसअघि पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाएर एकसय २७ रन बनाएको थियो । पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अवीजित ३३ रन बनाएका थिए ।
यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर कुलदीप यादवले सर्बाधिक तीन विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले दुई–दुई विकेट लिए । यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक, एक विकेट लिएका थिए ।
प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो । पाकिस्तानले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।