Nidan Media

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।

आज सुनको भाउ तोलामा सात सय रुपैयाँ घट्दा चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँ बढेको छ ।

मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

सुनको भाउ गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला दुई लाख १५ हजार आठ सय रुपैयाँ रहेको थियो ।

आज पोखरामा सुन प्रतितोला दुई लाख १५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।

यता, शुक्रबार प्रतितोला दुई हजार पाँच सय ६५ रुपैयाँमा कारोबार भएको असली चाँदी आज सामान्य मूल्य बढेर दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज पोखरामा चाँदी प्रतितोला दुई हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.