पाेखरा। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, उनले आज बिहान ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेकी छन्।
आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि क्षति पुगेका कारण उनी हाल आफ्नै निजी निवासमा बसिरहेकी छन्।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले साेही दिन प्रतिनिधि सभा विघटन गरेर काम शुरू गरेकी थिइन् ।
उनले आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन घोषणा गरेकी छन्।
उनी शनिबार जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भई अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेकी थिइन् ।