पाेखरा । एसिया कप क्रिकेटमा आइतबार भारत र पाकिस्तान भिड्दै छन् ।
खेल आइतबार राति ८ः१५ बजे यूएईमा शुरू हुँनेछ ।
समूह चरणमा एक-एक खेल खेलिसकेका भारत र पाकिस्तानले दुई-दुई अंक बनाउन सफल भएका छन् ।
समान अंक भए पनि समूह ‘ए’ मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।
भारतले पहिलो खेलमा यूएईमाथि नौ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो ।
एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन् ।