Nidan Media

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

पाेखरा ।  वनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनी नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ दिलाएका हुन्  ।

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् ।

कार्कीको राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहणसँगै कार्कीले मन्त्रिमण्डल पनि विस्तार गर्दैछिन् ।

नेपालको संविधान अनुसार रहेर राष्ट्राध्यक्षका नाताले राष्ट्रपति पौडेलले विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् ।

मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । मन्त्रिपरिषदको बैठक शीतल निवासमै बस्ने बताइएको छ ।

शीतल निवासको सानो कोठामा गरिएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधाीश प्रकाशमान राउत र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई रहेका छन् ।

विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीका सँगसँगै जेन-जी समूहका नेताहरूसमेत सहभागी भएका छन् । मुख्यसचिवसँगै विभिन्न मन्त्रालयका सचिवहरूसमेत सहभागी रहेका छन् । उनलाई छ महिनाभित्र निर्वाचन गर्नेगरी प्रधानमन्त्री बनाइएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.