Nidan Media

बागलुङमा चट्याङ लागेर एकको मृत्यु, वडाध्यक्षसहित ३५ जना घाइते

पोखरा । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तमानखोला गाउँपालिका वडा नं ६ नर्जाखानीकी ७१ वर्षीया मनकली विक छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सो घटनामा वडाध्यक्ष चित्रबहादुर छन्त्यालसहित ३५ जना घाइते भएका छन् ।

घाइतेहरूको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार चट्याङकै कारण नर्जाखानी गाउँका करिब ६० घरमा क्षति पुगेको छ ।

बरागोस र पाल्ले खानीखोला लघु जलविद्युत् आयोजनासमेत पूर्णरुपमा क्षति पुग्दा हाल त्यस्तो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।

यता, जैमिनी नगरपालिका वडा नं ८ अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चट्याङ पर्दा तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.