Nidan Media

संसद विघटन नभए अर्को आन्दोलन गर्ने घाइते जेन-जीको चेतावनी

आफूहरुको सहभागिता बिना नक्कली जेन-जीले वार्ता गर्नुको कुनै औचित्य नभएको जिकिर

पाेखरा। आन्दोलनमा घाइते भएका जेन-जीहरुले संसद विघटन गरेर राजनीतिक दलभन्दा बाहिरबाट अन्तरिम सरकार बनाउनुपर्ने माग गरेका छन् । यो नै जेनजी आन्दोलनको मुख्य माग भएको उनीहरुको भनाइ छ ।

उनीहरुले अशली जेन-जी आफूहरु रहेको र आफूहरुको सहभागिता बिना नक्कली जेन-जीले वार्ता गर्नुको कुनै औचित्य नभएको जिकिरसमेत छन् ।

नक्कली जेन-जी बनेर वार्ताका लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरुले आफूहरुको अनुपस्थितिमा भएका कुनै पनि निर्णय मान्य नहुने चेतावनी दिए ।

आन्दोलनमा आठवटा गोली लागेर घाइते भई शिभिल अस्पतालमा उपचाररत रुपीन खड्काले जेन-जीका अशली योद्धा सबै अस्पतालमा नै रहेको बताए । उनले आफूहरुको सहभागिताबिना गरिएको वार्ता स्वीकार्य नहुने स्पष्ट पारे।

उनले भने, ‘हामी अशली योद्धाहरू सबै अस्पतालमा छौँ । त्यसैले वार्तामा हाम्रो माग राख्न पाउनुपर्‍याे । अगाडि बढेर गोली खान तयार हुनेहरू बिना वार्ता गरेर कुनै औचित्य छैन् । मर्न नडराएर गोली थापेर आएका हामी हौँ । आन्दोलन केका लागि थियो त्यो हामीलाई मात्रै थाहा छ ।’

उनले अन्य पार्टीका मानिसले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेको उनको जिकिर छ ।  उनले अहिले अशली जेन-जीहरू एक हुन आवश्यक रहेको बताए ।

खड्काले भने, ‘केहीले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेका छन् । यसलाई रोकेर हामी जेन-जीहरु एक हुन आवश्यक छ । नत्र भने फेरि तिर्न नेताहरुले देश सखाप पार्ने अवस्था आउने छ । त्यसका लागि पनि हामी एकदमै सर्तक हुनुपर्ने आवश्यकता छ,’ उनले भने ।

अर्का घाइते नारायण श्रेष्ठले संसद विघटन जसरी पनि हुनुपर्ने माग गरे । संसद विघटन नभएदेखि आफूहरुले अस्पतालबाट निस्केर फेरी आन्दोलन शुरू गर्ने चेतावनी दिए ।

उनले भने, ‘मलाई पनि रवरको गोली लागेको थियो । हाम्रो खास माग भनेको संविधानसहित सबै परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसकै लागि छातीमा गोली खाइखाई लडेका थियाैँ । अहिले न्यूज हेर्दा जेन-जी भनौदाहरुले संविधान ठीक छ, हामीले गल्ती बोल्यौँ भन्दैछन् । उनीहरुलाई जेन-जी मान्दैनौँ । विद्रोह गर्न तयार छौँ । यो संसद विघटन हुनुपर्छ । यो तपाईँहरुले गलत निर्णय गर्नुभएको छ । आन्दोलन अझै रोकिँदैन । अस्पतालबाट निस्केपछि अझै आन्दोलन हुन्छ र संसद विघटन हुनैपर्छ ।’

उनले थपे, ‘उहाँ(सुशीला कार्की) नै आए पनि त्यसमा विमति छैन । तर संसद विघटन भएर प्रत्यक्ष रुपमा जनताबाट प्रधानमन्त्रीलाई भोट हाल्नुपर्छ । यो हाम्रो ठूलो माग हो । त्यसकै लागि लडेका हौँ । यही संविधानलाई मान्नलाई होइन् । शान्तिपूर्ण आन्दोलन भइरहेको थियो, धेरै युवाहरु जुटेका थियौँ । पहिलो दिनको आन्दोलनमा सबै जेनजीहरु नै थियौँ । तर पुलिसको दमन शुरू भएपछि हिंसा भड्किएको थियो । मान्छे नै मारिएपछि अवस्था बिग्रिएको हो ।’

उनले मंगलबारको आन्दोलनमा सबै जेन-जीमात्र सहभागी भएर अन्य पार्टीको संलग्न नभएको बताए । सिंहदरबार जलाउने जेन-जीको कुनै उद्देश्य नरहेको उनी बताउँछन् ।

‘भोलि पल्टको आन्दोलनमा जेन-जी मात्र थिएनन् । सिंहदरबार जलाइयो, त्यो जलाउने हाम्रो उद्देश्य थिएन । सिंहदरबार जलाउन आन्दोलन गरेको होइनौँ । रवि लामिछाने निकाल्न हामीले आन्दोलन गरेका हैनाैँ । यो हेक्का रहोस् ।’

उनले आफूहरुसँग साथीहरुले अहिलेसम्म केही सुझाव नलिएको बताउँदै कुनै पार्टीमा नलागेको निष्पक्ष युवा नेतृत्वमा ल्याउन सुझाव दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.