Nidan Media

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, १७ सय ७१ जना घाइते

पोखरा । जेन-जी आन्दोलनका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए ।

मृतकमा २१ जना जेन-जी हुन् भने बाँकी अन्य हुन् । जसमा तीन जना सुरक्षाकर्मी पनि छन् । कैदीबन्दी नौ जना छन् भने बाँकी १८ जलेर वा अन्य कारणले मृत्यु भएका हुन् ।

दुई सय ८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनका क्रममा एक हजार सात सय ७१ जना घाइते भएका थिए ।

एक हजार तीन सय ७९ जना अस्पतालबाट डिस्चार्ज भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.