Nidan Media

राष्ट्रपति सक्रियः शीतलनिवासबाट प्रधान सेनापति सिग्देल बाहिरिए, सुशीला कार्कीसँग छलफल गर्दै

पाेखरा। प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपति रामचन्द्र पौडेलसँग कुराकानी गरेका छन् ।

बिहीबारसम्म जंगी अड्डामा बोलाएर जेन-जी पुस्तासहित विभिन्न व्यक्ति र समूहसँग छलफल गरेका प्रधान सेनापति सिग्देलले शुक्रबार भने राष्ट्रपति पौडेलसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा छलफल गरेका हुन् ।

उनी दिउँसो राष्ट्रपति पौडेलसँग छलफल गरी राष्ट्रपति भवनबाट बाहिरिएका हुन् । झण्डै आधा घण्टा शीतल निवासमा बसेका सिग्देलले के विषयमा छलफल गरे भन्ने खुलेको छैन ।

विकसित पछिल्लो घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा कुराकानी भएको अनुमान गर्न सकिन्छ । यसअघि राष्ट्रपति पौडेल केही दिन भने राष्ट्रपति कार्यालयमै बसेका थिएनन् ।

जेन-जी आन्दोलनकारीले राष्ट्रपति भवन पनि जनाएका थिए । त्यही जलेको भवनमा अहिले राष्ट्रपतिले वार्ता गरी अन्तरिम सरकारको नेतृत्व चयन गर्दैछन् ।

राष्ट्रपतिले जेन-जीले प्रधानमन्त्रीका रुपमा अघि सारेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोलीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसअघि बिहीबार राति सहमति नजिक पुगेर पनि सुशीला कार्कीलाई शुक्रबार बिहानै शपथ खुवाउने तयारी रोकिएको थियो ।

जेन-जीभित्र संसद विघटन गरेर प्रधानमन्त्रीको शपथ खुवाउने वा विघटन नगरीकनै शपथ खुवाउने भन्नेमा विवाद भएसँगै बिहानको शपथ रोकिएको थियो ।

रात रहे अग्राख पलाउँछ भनेझैँ अब कुन मोडमा राजनीति अगाडि बढ्छ भन्ने यकिन छैन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.