पोखरा । नेपाली बजारमा यो साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
सुनको यो मूल्य इतिहासकै उच्च हो ।
आज पोखरामा सुनको भाउ प्रतितोला दुई लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै आज असली चाँदीको भाउ प्रतितोला दुई हजार पाँच सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको यो भाउसमेत इतिहासकै उच्च हो ।
आज पोखरामा चाँदी प्रतितोला दुई हजार पाँच सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।