पाेखरा। त्रिभुवन विश्वविद्यालयले देशभरको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै आगामी कात्तिक १० गतेसम्म नियमित पठन-पाठन बन्द गर्ने निर्णय गरेको छ।
विश्वविद्यालयले बुधबार सूचना जारी गर्दै कात्तिक ११ गतेदेखि मात्रै पठनपाठन सुचारु हुने जानकारी गराएको हो।
त्रिविले भदौ २९, ३०, ३१, असोज १, २, ५ र कात्तिक ९ गतेका बिदालाई हिउँदे बिदाबाट कटौती गरी सबै क्याम्पस र विभागको पठन-पाठन स्थगित गर्ने जनाएको छ।