Nidan Media

पोखरामा वर्षा जारी, दिनभर कस्तो रहला ?

पोखरा । मनसुन सक्रिय बनेपछि देशका अधिकाश भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहान १० बजेसम्म निरन्तर वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर रहेको छ ।

आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी तराईका भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, कोशी प्रदेशको पहाड र मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाले गर्दा नदीनालामा पानीको बहाव बढ्न सक्ने र बाटोमा बाढी वा पहिरो आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.