Nidan Media

सामान्य बन्दै पोखराको जनजीवन, यी हुन् प्रदर्शनकारीले आगो लगाएका कार्यालय

पोखरा । जेनजी पुस्ताको आन्दोलनले तनावग्रस्त बनेको पोखराको जनजीवन क्षेत्र सामान्य बन्दै गएको छ । तर अझै के होला भन्ने त्रास भने कायमै छ । आन्दोलनका कारण देशमा ठूलो जनधनको क्षति भएकामा पोखरेली चिन्तित छन् ।

आज कास्कीभर कर्फ्यू लगाइएपछि सार्वजनिक यातायातबाहेक अन्य सवारीसाधन चल्नुका साथै मुख्य चोकका बाहेक सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयसहित पोखरास्थित सबै सरकारी कार्यालय खण्डहरमा परिणत गरिदिएका छन् । ती खण्डहर हर्नेको पनि घुइँचो लागेको छ । साथै कार्यालयमा रहेका सवारी साधन पनि प्रदर्शनकारीले जलाएका छन् ।

पोखराको नयाँबजारस्थित व्यवसायी ध्रुव थापाको हिमालयन अर्गनाइजेशनमा प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको पाइएको छ । मंगलबार आगो लगाइएको स्थानमा आज महिलाको शव जलेको अवस्थामा फेला परेको हो ।

नेपाली सेनाले विभिन्न स्थानमा पुगेर स्थिति आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । मंगलबार तोडफोड र आगजनी गरिएका कार्यालयमा बलिरहेको आगो निभाउने, सरसफाई गर्ने र सामान्य बनाउने प्रयासमा नेपाली सेना लागेको देखिन्छ । सेनाले शहरका विभिन्न स्थानमा अनावश्यक भिडभाड नगर्न आग्रह गरिरहेको छ ।

सेनाले पोखरा महानगरपालिकाको कार्यालयलगायतका कार्यालयमा पुगेर रातभर लागेको आगो नियन्त्रण गर्ने र सफाई गरेको छ । अन्य कार्यालयमा पनि सेनाको टोली पुग्ने थप क्षति हुन नदिन आगो नियन्त्रण गर्ने काम गरिरहेको छ ।

पोखरामा विभिन्न निजी र व्यवसायिक प्रतिष्ठानसँगै विभिन्न सरकारी कार्यालय र पोखरा महानगरपालिकाको कार्यालयसहित महानगरअन्तर्गतका वडा कार्यालय प्रदर्शनकारीको निशाना बनेका थिए ।

प्रदर्शनकारीले कतिपय व्यवसायिक प्रतिष्ठान र सरकारी कार्यालयको सामान बाहिर निकालेर जलाए भने कतिपय सामान आँफैले लिएर गए ।

पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक निकाले त्यहाँ पृथ्वीनारायण शाहको शालिक राखिएको छ ।

मंगलबार पोखरामा आगजनी र तोडफोड गरिएका निजी घर सरकारी कार्यालय एवं व्यवसायिक प्रतिष्ठान निम्नानुसार छन्ः

व्यवसायिक प्रतिष्ठान

-भाटभटेनी सुपर मार्केट नयाँसडक
-बतास भवन नयाँबजार
-पोखरा ट्रेडमल, चिप्लेढुंगा
-एनसेलको कार्यालय, सृजनाचोक
-पोखरा इभेन्टस सेन्टर, बुलौदी
-बगैँचा रिसोर्ट, लेकसाइड
-वरपिपल रिसोर्ट, लेकसाइड
-होटल सरोवर, लेकसाइड
-अंशुभरा बिल्डिङ, लेकसाइड
-बेलुन नेपालको कार्यालय लेकसाइड
-सिर्जनाचोक फलफूल तथा तरकारी बजारका सटरहरु
-काठमाडौँ सिटी लेकसाइड
-नेपाल टेलिकमको कार्यालय महेन्द्रपुल

व्यक्तिगत घर तथा निवास

-पोखराका मेयर धनराज आचार्यको नयाँबजारस्थित घर
-गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको नयाँबजारस्थित घर
-व्यबसायी ध्रुव थापा/मीलन थापाको नयाँबजारस्थित घर
-गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीको माटेपानीस्थित घर
-नेकपा एमाले नेता राजीव पहारीको खहरे, लेकसाइडस्थित घर
-कांग्रेस नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको विजयपुरस्थित घर

सरकारी कार्यालय

-जिल्ला प्रहरी कार्यालय कास्की
-प्रदेश प्रमुखको कार्यालय
-मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
-कास्की जिल्ला प्रशासन कार्यालय
-इलाका प्रशासन कार्यालय लेखनाथ कास्की
-कास्की जिल्ला अदालत
-मालपोत कार्यालय कास्की
-लोकसेवा आयोगको कार्यालय कास्की
-गण्डकी प्रदेश सभा भवन नदीपुर
-यातायात व्यवस्था कार्यालय, पृथ्वीचोक
-शिक्षा विकास तथा समन्वय ईकाई बगर
-शिक्षा विकास निर्देशनालय बगर
-उर्जा, जलस्रोत मन्त्रालय, गण्डकी प्रदेश ड्यामसाइड
-नापी कार्यालय कास्की
-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र नजिकको कार्यालय
-पोखराको विभिन्न स्थानमा रहेका प्रहरी चौकी र प्रहरी कार्यालयहरु

पोखरा महानगरपालिका कार्यालय न्यूरोड र वडा कार्यालयहरु

-पोखरा महानगर कार्यपालिकाको कार्यालय नयाँसडक
-वडा कार्यालय १ बगर
-वडा कार्यालय २ विन्ध्यवासिनी
-वडा कार्यालय ३ नदीपुर
-वडा कार्यालय ४ गणेशटोल
-वडा कार्यालय ५ मालेपाटन
-वडा कार्यालय ८ नयाँसडक
-वडा कार्यालय ११ फूलबारी
-वडा कार्यालय १२ माटेपानी
-वडा कार्यालय १३ बाँझापाटन
-वडा कार्यालय १५ रामबजार, कोलपाटन
-वडा कार्यालय २५ हेमजासहित अन्य केही वडा कार्यालयहरु

राजनीतिक दलका कार्यालयहरु

-नेपाली कांग्रेस कास्कीको कार्यालय चिप्लेढुंगा
-नेपाली कांग्रेस वडा कार्यसमितिको कार्यालय पोखरा १५
-नेकपा एमाले गण्डकी प्रदेश कार्यालय नयाँबजार
-नेकपा एमाले कास्कीको कार्यालय शान्तिवन

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.