Nidan Media

राष्ट्रपतिको निजी निवासमा आगजनी

काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन् ।

उनीहरुले मंगलबार बिहान काठमाडौँको बोहोराटारस्थित पौडेलको निजी निवासमा आगजनी गरिदिएका हुन् ।

हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोशित भएका हुन् ।

जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर नयाँ सरकारको माग गर्दै प्रदर्शन गरिरहेका छन् । सोमबार भएको हिंसात्मक आन्दोलनमा २० जनाले ज्यान गुमाएका छन् भने तीन सय ५० भन्दा बढी घाइते भएका छन् ।

यो घटना पश्चात् सरकार निकै दवावमा परेको छ । गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी र खानेपानी मन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । कांग्रेसलाई सरकारबाट बाहिरिन पार्टीभित्रैबाट दवाव परेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.