पोखरा । सञ्चारकर्मी अपिल त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता छोड्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘हेल्लो खड्क प्रसाद ओली ! अरुको कुरा छोड, तिम्लाइ तिम्रै पार्टी भित्रका जेनजीले गलत्याएर निकाल्नु भन्दा अगाडी आफै सत्ता छोडेर आत्मसमर्पण गर्न थोरैमात्र समय बाँकी छ । हेक्का होस !’
जेनजीको सोमबारको आन्दोलनमा पत्रकार त्रिपाठी आफै सहभागी भएर प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरिरहेका थिए ।
त्रिपाठी गण्डकी छड्के नामक कार्यक्रमबाट परिचित छन् ।