Nidan Media

जेनजीका प्रदर्शनकारीद्वारा सञ्चारमन्त्री गुरुङको निवासमा ढुंगामुढा र आगजनी

काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजानी गरेका छन् ।

मंगलबार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।

सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको निजी निवासमै गएर ढुंगामुढा र आगजनी गरेका हुन् ।

यसपछि उनीहरु देउवा निवास बूढानीलकण्ठतर्फ अघि बढेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.