Nidan Media

निषेधाज्ञा जारी भएपछि धितोपत्रको कारोबार स्थगित

पाेखरा। काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज (मंगलबार) पुँजीबजारको कारोबार स्थगित गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सार्वजनिक सूचना जारी गर्दै आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको जनाएको हो।

नेप्सेका अनुसार, काठमाडौँको चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको र धेरै कारोबार सदस्य तथा लगानीकर्ताबाट पनि कारोबार स्थगनका लागि अनुरोध आएपछि यो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ, “सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगित गरिएको छ।”

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.