Nidan Media

तनहुँमा सवारी दुर्घटना हुँदा कास्कीकाे रुपाका धर्मराजको मृत्यु

पोखरा । तनहुँमा आइतबार सवारी दुर्घटना हुँदा कास्कीका एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नं ७ का ४५ वर्षीय धर्मराज सेन छन् ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका वडा न १ नाहालामा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा प्र ०६-००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.