Nidan Media

राज्य व्यवस्थाबाट हटाइएका खतिवडा संसदीय सुनुवाई समितिकाे सभापति बन्दै

काठमाडौँ । कुलिङ पिरियडमा गरेको हेरफेरसँगै राज्य व्यवस्था समिति सभापतिबाट हटाइएका रामहरि खतिवडा संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति बन्ने भएका छन् ।

यसका लागि उनले बिहीबार सभापति पदमा मनोनयन दर्ता गरेका छन् । समितिको सभापतिको निर्वाचन शुक्रबार हुँदैछ ।

यसअघि कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने संसदीय सुनुवाई समितिको सभापति रहेकी थिइन् ।

उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त रहेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.