Nidan Media

अविरल वर्षाले महाकाली नदी उर्लियो, ठूला सवारी साधनमा प्रतिबन्ध

सुदूरपश्चिममा गएरातिदेखि परिरहेको लगातार वर्षाले महाकाली नदीमा पानीको प्रवाह तीव्र रूपमा बढेको छ। पानीको सतह बढेपछि शारदा ब्यारेजको पुल हुँदै ठूला सवारी साधनको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

आज बिहान ११ बजेसम्म महाकालीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन गरिएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराका अनुसार वर्षा जारी रहेकाले पानीको स्तर अझै बढ्ने सम्भावना छ।

नेपाल–भारत सीमामा रहेको बनबासा पुलमा चारपाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ भने दुईपाङ्ग्रे सवारी र पैदल यात्रुहरूको आवाजाही भने सामान्य रूपमा जारी रहेको प्रहरीले जनाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.