Skip to content

भर्सटाईल कमेडियन सुन्दर, बौद्धिक कमेडियनको दर्जा पाउँदै

नेपाली कमेडी जगतमा यति बेला सर्वाधिक चर्चामा रहेको नाम हो सुन्दर खनाल । कमेडी च्याम्पियनदेखी कमेडी क्लब विथ च्याम्पियन हुँदै कमेडी दरबार पुगेका सुन्दर अहिले नेपालकै उत्कृष्ट कमेडियन बनिसकेका छन् भन्दा फरक पर्दैन । उनी कमेडी च्याम्पियन गएदेखी चर्चित छन्। उनी क्यारिकेचारमा मात्र होइन आफ्नो लेखन शैलीका कारण पनि चर्चामा छन् ।

उनले गर्ने प्रस्तुती निकै वास्तिक अवस्थाको झल्को दिन्छ । कमेडी च्याम्पियनको टप २४ मा गरेको प्रस्तुतीमा कलाकारिताको समस्यालाई उनले गहिरोसंग प्रस्तुत गरेका थिए । जसले हरेक कलाकारलाई आफ्नै कथा भने जस्तो लाग्यो । कमेडी क्लबमा नारायण पोख्रेलको आवाजदेखि उनका प्रवचन, रवि लामिछानेको कन्ट्रोभर्सीदेखी ब्यापारीका कथाहरु सबैलाई आफ्नै कथा भनेजस्तो बनाई दिन्छ्न् ।

सुन्दर यति मात्रै हैन कमेडी दरबार आए पछि अहिले सबै व्यापारी देश छाड्न परेको अवस्था र विदेशबाट केहि गर्छु भनेर देश फर्किएकाहरुको अवस्थामा पनि उनि छर्लङ्ग्ग देखाईदिन्छन् । राजावादीको आन्दोलन चर्किदा पनि राजा बन्न पछि नहटेका सुन्दर त्यो पात्रलाई ब्यालेन्स गरेर प्रस्तुत गर्दा सबैले बौद्धिक, राजनीतिक चेत भएका कमेडिनको रुपमा उभ्याई दियो ।

केही पहिले गाउँघरमा छोराछोरी पर्खेर बसेका बुढाबुढीहरुको कथालाई मार्मिक रुपमा प्रस्तुत गर्दा दर्शकको आँखा रसाउन पुगे । अहिले फेरि पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवा बनेर आए र मिस पबिलाई पश्चिम कै पात्र बनाई पश्चिम नेपालको समस्या माथि व्यङग हाने । उनीहरुले पश्चिममा सिटामोल नपुगेको कुरादेखि कांग्रेसका गगन, विश्व प्रकाश सङ्गको सम्बन्ध बिग्रीएको कुरादेखि एमालेले विद्या भण्डारी निकालेको कुरा सम्म अटाएका छ्न् । सङै चर्चामा आएको तारे होटल हिलटनको प्रसंग समेत समेटेका छन् । यी सबै कुराले सुन्दर अहिले फेरि चर्चामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x