पल शाह अभिनीत चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै यो वर्षको बहुप्रतीक्षीत फिल्म,’मोहर’ हेर्न अवश्य गइन्छ, यो फिल्म सुपरहीट पार्नुपर्छ , पल शाहको फिल्म छुटाउनु हुँदैन लगायतका सकारात्मक कमेन्टहरूले कमेन्ट बक्स भरिएको छ ।
देउकी प्रथाको कथामा आधारित यस चलचित्रले सामाजिक सन्देश दिन्छ । चलचित्रमा एक अबोध बालीकालाई देउकीको रूपमा मन्दिर मा चढाइने कथा छ । चलचित्र ’मोहर’मा पल शाह र नीति शाहसहित अर्जुनजंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ।
साउनको २३ गतेदेखि यो फिल्म प्रदर्शनमा आउनेछ । केही समयअघी रिलिज भएको ‘चाहिँदैन मोहर’ गीत पनि दर्शकले मन पराएका छन्। ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्म ‘मोहर’ लाई ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको छ ।