Skip to content

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै

नेपाल-भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ, जसमा सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ मर्मतमा छलफल हुनेछ। गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन परिमार्जन र प्रहरीलाई सक्षम बनाउने विधेयक संसदमा विचाराधीन रहेको जानकारी दिए।
बैठकमा सीमा क्षेत्रमा आवतजावतलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल हुनेछ। काठमाडौँ । ९ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ । संघीय संसद् राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले सो जानकारी दिएका हुन् ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू र भारतीय पक्षका पनि निकायका प्रतिनिधिहरूको उपस्थितिमा बैठक हुन लागेको बताए ।

बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमा स्तम्भहरूको मर्मतसम्भार लगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x