Nidan Media

अमेरिकासँगको वार्ताका लागि इरानले राख्यो सर्त

इरानले अमेरिकासँगको वार्ताअघि एक सर्त राख्दै त्यसलाई पूरा गरिनुपर्ने जनाएको छ ।

इरानका उपविदेशमन्त्री मजित तख्त रवाचीले बीबीसीसँग कुरा गर्दै अमेरिकाले इरानसँग पुनः वार्ता गर्ने हो भने उसले आगामी दिनमा इरानमाथि कुनै पनि प्रकारको आक्रमण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मध्यस्थकर्ताहरूका माध्यमबाट वार्तामा फर्कन चाहेको बताएको छ । तर, वार्ताका क्रममा आक्रमणको मुद्दामा भने अमेरिकाले हालसम्म प्रस्ट नपारेको उनको भनाइ छ ।

इजरायल र इरान संघर्षका क्रममा अमेरिकाले इरानमाथि आक्रमण गरेको थियो । उक्त अमेरिकी आक्रमणमा परी इरानका परमाणु क्षेत्रहरू ध्वस्त भएका दावीहरू सार्वजनिक भएका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.