काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद् बैठक बहिष्कार गरेको छ। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरू आआफ्नो ठाउँबाट उठेका थिए।
त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न दिए। भनाइ राख्दै लिङ्देनले संसद् बैठक बहिष्कार र भत्ता नलिने बताएका हुन्। भिजिट भिसा प्रकणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भन्दै रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन र राजीनामा माग गरेका छन्।